Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक : वरिष्ठ उपाध्यक्ष ढकाल


२५ चैत ,काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक रहेको बताएका छन्‌ । राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनमा उनले महासङ्घले पनि कृषि उद्यम केन्द्र बनाएर काम गरिरहेको र त्यसमा एक सयभन्दा बढी सहकारी संलग्न रहेको बताए ।

उनले निजी क्षेत्र र सहकारीबीच लगानी सहकार्यका लागि बाधा अड्चनका रूपमा रहेका ऐन–नियमलाई फुकुवा गर्नुपर्ने धारणा राखे । सहकारी क्षेत्रले रोजगारी सिर्जना, वित्तीय पुहँच, वित्तीय साक्षरता, बैंक तथा वित्तीय क्षेत्रमा तरलता सहज गर्न र उत्पादनलगायत अर्थतन्त्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको ढकालको भनाइ छ ।

महासम्मेलनको तेस्रो दिन आज ‘निजी, सार्वजनिक र सहकारीबीचको साझेदारीका लागि साझा मञ्च’ विषयमा बोल्ने अधिकांश वक्ताले यसअघि सार्वजनिक तथा निजी क्षेत्रबीच मात्रै साझेदारी हुने गरेको भए पनि अब सहकारीलाई पनि संलग्न गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सरकारले निजी सार्वजनिक साझेदारी मोडल अगाडि सारे पनि अब सहकारी क्षेत्रलाई पनि त्यसमा समावेश गरिनुपर्ने भनाइ राखे ।

सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताउँदै अर्थतन्त्रका तीन खम्बामध्ये एउटा खम्बा कमजोर भयो भने अर्थतन्त्र नै कमजोर हुने बताए ।

सहकारीको दिगोपनाका लागि स्वनियम तथा सुशासन कायम गर्ने मुख्य उद्देश्यले बिहीबारदेखि आजसम्म सञ्चालित सहकारी महासम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनमा सरकारका प्रतिनिधि, जनप्रतिनिधि, सातै प्रदेशका सहकारीकर्मी, निजी क्षेत्रका प्रतिनिधि, गैरसरकारी सङ्घ, विश्वविद्यालयका प्राध्यापक र अन्तर्राष्ट्रिय सहकारी अभियान्ताको गरी करिब एक हजार जनाको सहभागिता थियो ।

सम्मेलनमा नेपालको सहकारी अभियानको अवस्था, वर्तमान समस्या र चुनौतीको विषयमा छलफल गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबाट सहकारीका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको छ ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?