Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक : वरिष्ठ उपाध्यक्ष ढकाल


२५ चैत ,काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक रहेको बताएका छन्‌ । राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनमा उनले महासङ्घले पनि कृषि उद्यम केन्द्र बनाएर काम गरिरहेको र त्यसमा एक सयभन्दा बढी सहकारी संलग्न रहेको बताए ।

उनले निजी क्षेत्र र सहकारीबीच लगानी सहकार्यका लागि बाधा अड्चनका रूपमा रहेका ऐन–नियमलाई फुकुवा गर्नुपर्ने धारणा राखे । सहकारी क्षेत्रले रोजगारी सिर्जना, वित्तीय पुहँच, वित्तीय साक्षरता, बैंक तथा वित्तीय क्षेत्रमा तरलता सहज गर्न र उत्पादनलगायत अर्थतन्त्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको ढकालको भनाइ छ ।

महासम्मेलनको तेस्रो दिन आज ‘निजी, सार्वजनिक र सहकारीबीचको साझेदारीका लागि साझा मञ्च’ विषयमा बोल्ने अधिकांश वक्ताले यसअघि सार्वजनिक तथा निजी क्षेत्रबीच मात्रै साझेदारी हुने गरेको भए पनि अब सहकारीलाई पनि संलग्न गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सरकारले निजी सार्वजनिक साझेदारी मोडल अगाडि सारे पनि अब सहकारी क्षेत्रलाई पनि त्यसमा समावेश गरिनुपर्ने भनाइ राखे ।

सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताउँदै अर्थतन्त्रका तीन खम्बामध्ये एउटा खम्बा कमजोर भयो भने अर्थतन्त्र नै कमजोर हुने बताए ।

सहकारीको दिगोपनाका लागि स्वनियम तथा सुशासन कायम गर्ने मुख्य उद्देश्यले बिहीबारदेखि आजसम्म सञ्चालित सहकारी महासम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनमा सरकारका प्रतिनिधि, जनप्रतिनिधि, सातै प्रदेशका सहकारीकर्मी, निजी क्षेत्रका प्रतिनिधि, गैरसरकारी सङ्घ, विश्वविद्यालयका प्राध्यापक र अन्तर्राष्ट्रिय सहकारी अभियान्ताको गरी करिब एक हजार जनाको सहभागिता थियो ।

सम्मेलनमा नेपालको सहकारी अभियानको अवस्था, वर्तमान समस्या र चुनौतीको विषयमा छलफल गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबाट सहकारीका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको छ ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?