Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्छः मन्त्री खड्का


काठमाडौँ। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्ने बताएका छन् ।

शुक्रवार बसेको विधायन व्यवस्थापन समितिमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानको मर्मअनुसार कानून बनेको छ की छैन भनेर सांसदहरुले विचार विमर्श गर्न जरुरी रहेको बताए । उनले अब बन्ने कानून संविधानको मर्मअनुसार बन्नुपर्ने र अधिकारको महत्वलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल भएको हो ।

उनले भने, ‘संविधानको स्पिरिटअनुसार बनेको छ की छैन, हामीले तीन तहको सरकारको कल्पना गरेका छौँ । त्यसको अधिकारको बाँडफाँडको विषय के हो भन्नेकुरा महत्वका साथ उठेको छ । तीन तहको सरकारलाई सम्बोधन गर्नेगरी नै बाँडफाँड भएको छ । अनुसूचिमा पनि राखिएको छ । ओएनएम गरिएको छ ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले अधिकारी विकेन्द्रीकृत हुनेगरी कानून बनाउन जरुरी रहेको बताए । उनले कुनै पनि जलसम्बन्धी योजनाहरु निर्माण गर्न संघअन्तर्गतको आयोगमा आएर अनुमति लिइरहने कुराले विकासको काम अघि बढ्न नसक्ने बताए ।

उनले भने, ‘जल उपयोगको सन्दर्भ जुन छ, विद्युत निर्माण, खानेपानी, सिंचाई सम्बन्धमा होस् । कुनैपनि योजना शुरु गर्नुअघि सहमति लिनुपर्छ भन्ने छ आयोगमा । जलश्रोतको बारेमा संविधान निर्माण गर्दा पनि धेरै बहस भएको हो । जलश्रोतको उपयोगको बारेमा त्यतिबेला पनि बहस भएको हो । ठूला सिंचाई संघमा, मझौला प्रदेशमा र साना स्थानीय तहमा दिने भन्ने गरी अधिकार सूचि बाँडफाँट गरियो । तर त्यो अनुसूचि अनुसार काम गर्न आयोगमा आएर सहमति लिनुपर्ने भयो । यो केन्द्रिकृत भयो । विकासलाई तिब्रता दिने हो विकेन्द्रीकृत हुनुपर्छ ।’

उनले केन्द्रिकृत अधिकारले विकासलाई तिब्रता दिन नसकिने बताए ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?