Trending
>>   इण्डोनेसियाको मध्य सुलावेसीमा ६.० म्याग्निच्युडको भूकम्प >>   जलवायु परिवर्तनले कुनै देश, भूगोल र राजनीतिक दल चिन्दैनः परराष्ट्रमन्त्री >>   नेपालले जलवायु परिवर्तनको दुःखद् अनुभव व्यहोरिरहेको छः मन्त्री ठकुरी >>   बजेट कार्यान्वयनमा गम्भीर समस्याः २७ प्रतिशत बुँदा कार्यान्वयनमै गएनन् >>   मधेसवादी नेता काठमाडौंमा प्रधानमन्त्रीको पूजा गर्छन्, मधेस पुगेर विरोध : अनिल झा >>   स्वास्थ्य सेवाका कर्मचारीहरुलाई पनि निजामति सेवा विधेयकमा समेट्नुपर्छः सांसद भट्टराई >>   संघीयता कार्यान्वयनमा संघीय निजामती सेवा विधेयक महत्वपूर्ण दस्तावेजः मन्त्री न्यौपाने >>   नेपालको जैविक विविधता संकटमा छः राष्ट्रपति >>   चाँदी आयातमा डलर सटहीको सीमा बढ्यो, अब प्रतिपटक पाँच लाख डलर साट्न पाइने >>   कैलालीमा खुटिया खोलामा डुबेर बालकको मृत्यु
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

संविधान र निर्वाचन प्रणाली देखाएर दलहरु जनताको प्रश्नबाट भाग्दैछन्ः महासचिव भुसाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढेको बताएका छन् ।

पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले पटक–पटक भएका आन्दोलनबाट व्यवस्था परिवर्तन भएपनि सुशासन कायम हुन नसकेको बताएका हुन् । भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्न बासी भएपनि कम्युनिष्ट आन्दोलनको अझै आवश्यकता रहेको उनको भनाइ छ । उनले मुलुकमा सबै सम्भव भएपनि घुस खान नसकिने राज्य बनाउन जटिल रहेको बताए । उनले संविधान र निर्वाचन प्रणालीलाई देखाएर राजनीतिक दलहरु जनताको प्रश्नबाट भाग्न खोजिरहेको आरोप पनि लगाए । उनले घुस नखानको लागि निर्वाचन आयोगले रोकेको हो ? भन्दै प्रश्न समेत गरे ।

उनले भने, ‘आज सुशासन छैन । दलाल पूँजीवाद छ । त्यसको कारण आज रोजगारी छैन । मुलुकमा कुशासन हिजो पनि थियो । आज पनि छ । बेरोजगारी बढ्दै गएको छ । त्यसकारण हाम्रो क्रान्तीकारी आन्दोलन बासी भएपनि अझै पनि बाँकी छ । हामी घुस खान नसकिने पार्टी, राज्य कहिले बनाउँछौं ? त्यस्तो राज्य बनाउन सकिएला कि नसकिएला ? यो प्रश्न असाधारण प्रश्न हो लाग्छ । अहिले संविधानको कुरा छ । म यसलाई बबुरो संविधान भन्न थालेको छु । राजनीतिका नालायकीहरुलाई संविधानमा फालिए । के ले भएन भन्दा निर्वाचनले दिएन, संविधानले दिएन । तपाईलाई घुस नखानको लागि निर्वाचनले रोकेको हो ? तपाईलाई गुटबन्दी नगर्नको लागि संविधानले रोकेको हो । गुटबन्दीको लागि मान्छेको खुट्टा तानातान गर्न, अंक गणित बनाउन चाकर गर्न र राजनीति भनेको केवल कुर्सीको खेल हो भन्ने साबित गर्नको लागि संविधानले रोकेको हो ? वाध्य पारेको हो ? किन भएन भन्दा संविधानले दिएन भनेर सजिलो भएको छ मान्छेलाई । ’

उनले संविधान र निर्वाचन प्रणालीलाई देखाएर राजनीतिक दलहरु भाग्न खोजिरहेको आरोप पनि लगाए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?