Trending
>>   नेपालले जलवायु परिवर्तनको दुःखद् अनुभव व्यहोरिरहेको छः मन्त्री ठकुरी >>   बजेट कार्यान्वयनमा गम्भीर समस्याः २७ प्रतिशत बुँदा कार्यान्वयनमै गएनन् >>   मधेसवादी नेता काठमाडौंमा प्रधानमन्त्रीको पूजा गर्छन्, मधेस पुगेर विरोध : अनिल झा >>   स्वास्थ्य सेवाका कर्मचारीहरुलाई पनि निजामति सेवा विधेयकमा समेट्नुपर्छः सांसद भट्टराई >>   संघीयता कार्यान्वयनमा संघीय निजामती सेवा विधेयक महत्वपूर्ण दस्तावेजः मन्त्री न्यौपाने >>   नेपालको जैविक विविधता संकटमा छः राष्ट्रपति >>   चाँदी आयातमा डलर सटहीको सीमा बढ्यो, अब प्रतिपटक पाँच लाख डलर साट्न पाइने >>   कैलालीमा खुटिया खोलामा डुबेर बालकको मृत्यु >>   तरुण दलले सार्वजनिक गर्‍यो पाँचौ महाधिवेशनको कार्यतालिका >>   बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, तीन घाइते
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

दुई वर्षभित्र जाँजरकोट—डोल्पा खण्डमा पर्ने ५ वटा पुल निर्माण सम्पन्न गर्छौंः मन्त्री दाहाल


काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाँजरकोट—डोल्पा खण्डमा पर्ने १३ वटा पुलमध्ये पाँच वटा पुलहरु आागमी दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण गरिसक्ने बताएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले झिम्रिखोला पुल, नलगाढ खोला पुल, चौखा खोला पुल, तात्र खोला पुल, तासु खोला पुल आगामी दुई वर्षभित्र बनाइसक्ने बताए । आ.व.०८२—०८३ मा ८ वटा पुलहरु निर्माणका लागि काम भइरहेको बताए ।

मन्त्री दाहालले भने, ‘भेरी करिडोरको जाँजरकोट—डोल्पा खण्डमा पर्ने १३ वटा पुलमध्ये पाँच वटा पुलहरु आागमी दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण भइरहेका छन् । झिम्रिखोला पुल यो ३५ मिटरको छ । नलगाढ खोला पुल, १०५ मिटर । चौखा खोला पुल, २५ मिटरको । तात्र खोला पुल, यो ३५ मिटरको छ । तासु खोला पुल यो ३६ मिटरको छ । आ.व.०८२—०८३ मा ८ वटा पुलहरु निर्माणका लागि काम भइरहेको छ । रिजिगाढ, चुगाढ खोला पुल दुवै ३५ मिटरका रहेका छन् । उसुङ खोला पुल, ३५ मिटरको । गल्लीगाढ खोला पुल ३५ मिटरको । खडङ भेरी खोला पुल ३५ मिटरको । खोर खोलापुल, १५ मिटरको । त्रिपुराकोट खोला पुल ४० मिटर र वरबगाड पुल ३० मिटरको रहेको छ ।’

मन्त्री दाहालले कतिपय पुलहरु रातो कितावमा नरहेको हुनसक्ने पनि बताए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?