Trending
>>   इण्डोनेसियाको मध्य सुलावेसीमा ६.० म्याग्निच्युडको भूकम्प >>   जलवायु परिवर्तनले कुनै देश, भूगोल र राजनीतिक दल चिन्दैनः परराष्ट्रमन्त्री >>   नेपालले जलवायु परिवर्तनको दुःखद् अनुभव व्यहोरिरहेको छः मन्त्री ठकुरी >>   बजेट कार्यान्वयनमा गम्भीर समस्याः २७ प्रतिशत बुँदा कार्यान्वयनमै गएनन् >>   मधेसवादी नेता काठमाडौंमा प्रधानमन्त्रीको पूजा गर्छन्, मधेस पुगेर विरोध : अनिल झा >>   स्वास्थ्य सेवाका कर्मचारीहरुलाई पनि निजामति सेवा विधेयकमा समेट्नुपर्छः सांसद भट्टराई >>   संघीयता कार्यान्वयनमा संघीय निजामती सेवा विधेयक महत्वपूर्ण दस्तावेजः मन्त्री न्यौपाने >>   नेपालको जैविक विविधता संकटमा छः राष्ट्रपति >>   चाँदी आयातमा डलर सटहीको सीमा बढ्यो, अब प्रतिपटक पाँच लाख डलर साट्न पाइने >>   कैलालीमा खुटिया खोलामा डुबेर बालकको मृत्यु
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

नेपालका कम्युनिष्ट पार्टीहरु सामन्ती झुण्ड जस्ता भएः उपमहासचिव शर्मा


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालका कम्युनिष्ट पार्टीहरु सामन्ती झुण्डमा परिणत हुन थालेका टिप्पणी गरेका छन् ।

पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । कम्युनिष्ट पार्टीहरुभित्र प्रश्न उठाउने र बहस गर्ने वातावरणहरु नै हराउँदै गएको उनको भनाइ छ । उनले जनवादी केन्द्रियताको कुरा गर्ने कम्युनिष्ट पार्टीहरुमा जनवाद हराउँदै गएको बताए । उनले कम्युनिष्ट पार्टीहरुको केन्द्रियता नोकरशाही केन्द्रियतामा परिणत भएको भन्दै समिक्षा गर्ने बेला भएको पनि बताए ।

उनले भने, ‘आज कम्युनिष्ट पार्टीभित्र प्रश्न सुन्न पनि सकिदैन । प्रश्न सुन्न नेतृत्व तयार हुदैन । जनताले प्रश्न गर्छ, हाकी कान सुनेर बस्छौं । यस्तो प्रवृत्ति विकास हुँदा हामी जनवादी केन्द्रीयताको कुरा गरिराखेका छौं । जनवाद समाप्त भयो । केन्द्रीयता मात्रै बाँच्यो । केन्द्रीयता पनि केन्द्रीयता रहेन नोकरशाही केन्द्रीयतामा बदलियो । त्यतिमा मात्र सिमित भएन त्यो सामन्ती निरङ्कुशतामा बदलियो । र कम्युनिष्ट पार्टीहरु सामन्ती झुण्डहरु जस्ता बन्न थाले । यो अवस्था आजको अवस्था हो ।’

उपमहासचिव शर्माले पटक–पटक सरकारको नेतृत्व गरेका कम्युनिष्ट पार्टीहरुले गरिबी, उत्पीडन र सामाजिक विभेद अन्त्य गर्न नसकेको बताए । कम्युनिष्ट पार्टीहरुले ९ पटक सरकारको नेतृत्व गरेको भएपनि देशमा गरिबी, दलित र जनजातिमाथिको उत्पीडन, महिला हिंसा र बेरोजगारी हटाउन नसक्नु गम्भीर समस्या भएको उनको भनाइ छ । उनले कम्युनिष्ट पार्टीहरु कुर्सीको खेलमा अल्मलिँदा जनताले निकाश नपाएको बताए । उपमहासचिव शर्माले ९ पटक सरकारको नेतृत्व गर्दा हामीले के दियौं ? के बदल्यौं ? के पूरा गयौं वा किन गरेनौं ? यो गम्भीर प्रश्न छ ।
कम्युनिष्ट आन्दोलन सुधार गर्ने वा विघटनतर्फ जाने भन्ने जिम्मेवारी आजका कम्युनिष्ट नेताहरूले बोक्नुपर्ने उनको भारणा छ ।

उनले भने, ‘९ पटक नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनिरहँदा आज देशो गरिबीको अवस्था, उत्पीडित जाति, दलितहरुको अत्याचार र महिला हिंसामाथिको अत्याचार जमाइराख्या छ । अहिले जनजातिका पहिचानका मुद्दाहरु हराइरहेका छन् । आज हाम्रा लाखौं युवाहरु विदेशी भूमिमा पसिना बगाइरहेका छन् । आज हाम्रो देशको जमिन बाझो छ । खण्डहर बन्दै गएको छ । यही कम्युनिष्ट पार्टीप्रति फर्किएको इतिहासको सबैभन्दा कटु प्रश्न हो । ९ पटक सरकारको नेतृत्व गर्दा हामीले के दियौं ? के बदल्यौं ? के पुरा गर्यौं वा किन गरेनौं ? यो गम्भीर प्रश्न छ । यो राष्ट्र निर्माणसँग सम्बन्धीत, समाज परिवर्तनको नयाँ अभियानसँग सम्बन्धीत, यो नयाँ विचार र सुशासन तथा सामाजिक अभियानसँग सम्बन्धीत प्रश्न हो ? यसको उत्तर आजका कम्युनिष्ट पार्टीहरुले दिनुपर्दछ । हाम्रो पार्टीका आचरण र व्यवहारलाई फेर्न सक्छौं कि सक्दैनौं भन्ने मुख्य कुरा हो । हामीले फेर्न सक्दा यसको उत्तर आउने छ । फेर्न नसक्दा यथास्थितिको गोलचक्करमा कम्युनिष्ट आन्दोलन हराएर समाप्त हुने छ । यसलाई विघटन हुने कि जनताको नियाँ विकल्पको रुपमा प्रश्न खडा भएको छ ।’

उनले नेपालका कम्युनिष्ट नेताहरुले सेटिङमा असुली धन्दा गरेको ठहर भएकै जिकिर गरे ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?