
आज मिति २०८२ साल साउन ०६ गते मंगलबार (22 July, 2025) श्रावण कृष्णपक्ष द्वादशी, ०६:०५ बजेपछि त्रयोदशी, ०४:०२ बजेउप्रान्त चतुर्दशी
मेष : आज तपाईंको आत्मविश्वास बलियो छ, तर त्यसलाई नियन्त्रणमा राख्न आवश्यक देखिन्छ। आर्थिक विषयमा सजग रहनु बुद्धिमानी हुनेछ, विशेषतः घरपरिवारमा आकस्मिक खर्च आउने सम्भावना छ। कामकाजी जीवनमा नयाँ चुनौती आउनेछ, तर तपाईंको तत्परता र सक्रियताले सफलता मिल्नेछ। सामाजिक सञ्जाल वा मित्रमार्फत कुनै सकारात्मक सूचना प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा गहिरो संवाद आवश्यक छ। पढाइ वा लेखनसँग सम्बन्धित काममा भने उर्जा प्रसस्त रहनेछ।
वृष : चन्द्रमा तपाईंको राशिमा रहँदा, आजको दिन तपाईंको मनस्थिति स्थिर देखिन्छ। आपूmलाई अभिव्यक्त गर्न सक्ने सामर्थ्य बढ्नेछ। व्यवहारिक निर्णयहरूमा प्रष्टता देखापर्नेछ। व्यवसाय वा नोकरीमा गरिएका प्रयासहरूको परिणाम अब देखिन थाल्नेछ। आर्थिक पक्ष सामान्य रहला, तर कुनै शुभ समाचारले हर्ष दिलाउनेछ। परिवारसँग सम्बन्ध राम्रो रहला। प्रेममा मिठास छ, यद्यपि सानो भ्रममा नफस्न सुझाव दिइन्छ। स्वास्थमा सामान्य कमजोरी महसुस भए पनि विश्रामले सहज बनाउनेछ।
मिथुन : मिथुन राशिका जातकहरूका लागि आज आत्मनिरीक्षण र मनोविश्लेषणको दिन हो। कतिपय कुरा मनमा थिचिएर बसेका छन्, तीलाई हल्का बनाउने उपाय सोच्नुपर्छ। आर्थिक दृष्टिले केही अलमल भए पनि पूर्व तयारीले स्थितिलाई सहज बनाउन सकिनेछ। काममा ढिलो भए पनि स्थायित्व देखिने संकेत छन्। आजको दिन भावना र यथार्थको बीचमा समन्वय गर्न सक्नुहुन्छ। प्रेम सम्बन्धमा केही उल्झन देखिए पनि स्पष्ट संवादले समाधान सम्भव छ। एकान्त वा ध्यानमा केही समय बिताउनु राम्रो हुनेछ।
कर्कट : आजको दिन लक्ष्य र समूहसँगको सहकार्यमा केन्द्रित छ। तपाईंको योजना र सोचले अरूलाई आकर्षित गर्न सक्छ, जसले भविष्यका अवसरहरू निर्माण गर्न सक्छन्। धन लाभको संकेत देखिन्छ, विशेषगरी टेक्नोलोजी वा नेटवर्कसँग जोडिएका कार्यहरूमा। पारिवारिक सदस्यमार्फत कुनै सकारात्मक सल्लाह प्राप्त हुन सक्छ। प्रेम सम्बन्ध सुदृढ रहन सक्छ। अध्ययन वा प्रस्तुति कार्यमा आजको दिन फलदायी बन्न सक्छ।
सिंह : तपाइको लागि आज कर्म र प्रतिष्ठाको दिन हो। सामाजिक मान–सम्मान बढ्नेछ, तर त्यसको साथमा जिम्मेवारी पनि बढ्नेछ। काममा अग्रसर हुनुपर्नेछ र तपाईंले त्यो भूमिका निभाउने आत्मबल राख्नुहुन्छ। आर्थिक लाभको संकेत रहला, तर पूर्वप्रतिबद्धताहरू पूरा गर्नुपर्नेछ। घरमा आफ्नो भनाइ बलियो रूपमा राख्नुपर्नेछ, जसले सम्बन्धलाई स्पष्टता दिनेछ। प्रेममा साझेदारी भावना बलियो हुने दिन हो।
कन्या: आजको दिन अध्ययन, ज्ञान र आध्यात्मिक खोजको समय हो। तपाईंको मन कुनै उत्तरको खोजीमा अल्झिएको जस्तो लाग्न सक्छ। यात्राको सम्भावना पनि रहन सक्छ, विशेष गरी काम वा अध्ययनसँग सम्बन्धित। आर्थिक हिसाबले केही असमञ्जसता देखिए पनि बुद्धिमत्ता र संयमताले स्थितिलाई नियन्त्रणमा राख्न सकिन्छ। परिवार वा अभिभावकसँगका सम्बन्धहरूमा विश्वास पुनः स्थापित हुने समय हो। प्रेम सम्बन्धमा गहिरो संवादको आवश्यकता देखिन्छ।
तुला : तुला राशिका लागि आजको दिन गम्भीर विषयहरूलाई हल्का रूपमा लिनु बुद्धिमानी हुनेछ। चन्द्रमा आठौं भावमा रहँदा अनावश्यक भय, द्वन्द्व वा शंका उत्पन्न हुन सक्छ, तर तपाईंको विवेकले त्यसलाई समाधान गर्न सक्छ। पैतृक सम्पत्ति वा कर–बिमा सम्बन्धी विषयमा आज केही प्रगति देखिन सक्छ। सम्बन्धहरूमा विश्वास र स्पष्टता जरुरी छ। मानसिक रूपमा हल्का बनाउने कार्यहरूमा ध्यान दिनुहोस्—संगीत, ध्यान वा आत्मचिन्तन लाभदायक हुन सक्छ।
वृश्चिक : आज तपाईंको ध्यान सम्बन्ध र साझेदारीमा केन्द्रीत हुनेछ। वैवाहिक जीवन, व्यापारिक साझेदारी वा निकट सम्बन्धमा केही नयाँ मोड आउन सक्छ। भावनात्मक रूपमा पनि आज केही नयाँ महसुस हुनेछ। प्रेम सम्बन्धमा गम्भीर वार्तालाप हुन सक्छ, जसले सम्बन्धलाई अर्को चरणमा लैजाने सम्भावना छ। कार्यक्षेत्रमा सहकार्य र सल्लाहको आवश्यकता रहनेछ। आर्थिक पक्ष सन्तुलित देखिन्छ, तर साझेदारीमा पारदर्शिता आवश्यक छ।
धनु : आजको दिन व्यस्त, तर फलदायी रहनेछ। कामको चाप धेरै भए पनि परिणामसाथ अगाडि बढ्न सकिनेछ। स्वास्थ्यमा थोरै कमजोरी महसुस हुन सक्छ, तर नियमितताले त्यसलाई सन्तुलनमा ल्याउन सकिन्छ। काममा प्रतिस्पर्धा छ, तर तपाईंको तार्किकता र आत्मबलले त्यो पार गर्न सक्ने सम्भावना देखिन्छ। परिवारमा जिम्मेवारी बढ्न सक्छ, तर सम्बन्धहरूमा सन्तुलन आउनेछ। प्रेम जीवनमा दायित्व र भरोसाको भावना बढ्नेछ।
मकर : तपाइको लागि आजको दिन सिर्जनात्मक, प्रेमिल र प्रेरणादायक रहन सक्छ। मन रमाइलोमा लाग्नेछ, विशेष गरी संगीत, कला वा साहित्यमा झुकाव रहनेछ। सन्तानसँगको समय रमाइलो बन्न सक्छ। प्रेम सम्बन्धमा खुलापन र आत्मीयता रहनेछ। काममा नविनता ल्याउने अवसर मिल्न सक्छ। आर्थिक दृष्टिले पनि दिन राम्रो रहेको देखिन्छ। तपाईंको सोचमा आज नवीन विचारहरू आउन सक्छन्, जुन भविष्यमा लाभदायक बन्न सक्छ।
कुम्भ : आज घरपरिवारको वातावरणमा केन्द्रित रहनुपर्ने दिन हो। तपाईंको मानसिक स्थिति केही संवेदनशील रहन सक्छ, तर घरको साथले आत्मबल दिनेछ। अघिल्लो केही विषयमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्छ। सम्पत्तिसम्बन्धी कार्यहरू वा घरभित्रको व्यवस्थामा सुधार ल्याउने समय हो। प्रेम सम्बन्धमा पारिवारिक सहमति महत्वपूर्ण हुन सक्छ। आत्मशान्ति र सन्तुलनमा ध्यान दिनु राम्रो हुनेछ।
मीन : आजको दिन सक्रिय संवाद र यात्रामा केन्द्रित देखिन्छ। तपाईंको विचारशीलता र विश्लेषण क्षमता राम्रो काम गर्न सक्छ। भाइबहिनी वा छिमेकीसँग सल्लाह वा साथ पाउने सम्भावना छ। काममा सञ्चार माध्यम वा प्रस्तुति प्रभावशाली बन्नेछ। प्रेम सम्बन्धमा आत्मीयताको विकास हुनेछ। आर्थिक पक्षमा स्थिरता आउनेछ। कुनै योजना वा प्रस्ताव लेखेर प्रस्तुत गर्न उपयुक्त समय हो।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार