Trending
>>   नेपालले जलवायु परिवर्तनको दुःखद् अनुभव व्यहोरिरहेको छः मन्त्री ठकुरी >>   बजेट कार्यान्वयनमा गम्भीर समस्याः २७ प्रतिशत बुँदा कार्यान्वयनमै गएनन् >>   मधेसवादी नेता काठमाडौंमा प्रधानमन्त्रीको पूजा गर्छन्, मधेस पुगेर विरोध : अनिल झा >>   स्वास्थ्य सेवाका कर्मचारीहरुलाई पनि निजामति सेवा विधेयकमा समेट्नुपर्छः सांसद भट्टराई >>   संघीयता कार्यान्वयनमा संघीय निजामती सेवा विधेयक महत्वपूर्ण दस्तावेजः मन्त्री न्यौपाने >>   नेपालको जैविक विविधता संकटमा छः राष्ट्रपति >>   चाँदी आयातमा डलर सटहीको सीमा बढ्यो, अब प्रतिपटक पाँच लाख डलर साट्न पाइने >>   कैलालीमा खुटिया खोलामा डुबेर बालकको मृत्यु >>   तरुण दलले सार्वजनिक गर्‍यो पाँचौ महाधिवेशनको कार्यतालिका >>   बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, तीन घाइते
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

निकुञ्जको सुरक्षा मजबुत तरिकाले गर्नुपर्ने : सुमित्रा बिसी


काठमाडौँ। समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद सुमित्रा बिसीले निकुञ्जको सुरक्षा मजबुत तरिकाले गर्नुपर्ने बताइन ।

निकुञ्जभित्रै उद्योग खोल्न दिनेकुरा गलत रहेको र उत्खनन गरेर देशको विकास गर्ने काम राम्रो भएको बताएकी छिन् । कानून बनाउने नाममा निकुञ्जभित्रको केही प्रयोग गर्नै नमिल्ने बनाउनुले केही अर्थ नराख्ने बताइन । सांसद बिसीले समितिले दिएको सुझाव भविष्यमा पछुतो हुने खालको हुन नहुने बताइन ।

सांसद बिसीले भनिन,‘हामी सबैको उद्देश्य भनेको वातावरण पनि नबिग्रियोस्, विकास पनि होस्, वन्यजन्तुको अधिकार पनि सुनिश्चित होस् । निकुञ्जलाई कडाइका साथ संरक्षण गरौँ भन्ने उद्देश्य हो । त्यसभित्र हाम्रो देशलाई, विकासलाई नै प्रभावित पार्ने खानीहरु भए निकाल्नुपर्छ । अन्वेषणमात्रै गर्ने भनेको छ । अन्वेषण मात्रै गरेर कसरी विकास होला । त्यहीँभित्र उद्योग खोल्ने कुरा पो बेठिक कुरा होला । त्यहाँभित्रको चिज नै ननिकाल्ने भन्नेकुरा त्यति राम्रो हुन्छ भन्ने मलाई लाग्दैन । कानून बनाउने नाममा यहाँभित्रको केही पनि प्रयोग गर्न नमिल्ने कानून बनाउनुले पनि केही अर्थ राख्दैन ।’

उनले निकुञ्जभित्र रहेका खानीहरुको अन्वेषण गर्न दिने मात्रैले नपुग्ने भन्दै त्यहाँका खानी उत्खनन गर्न पनि दिनुपर्ने बताइन ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?