Trending
>>   वैकल्पिक विकास वित्तसम्बन्धि विधेयकः सरकारले कस्तो बेला लगानी रोक्का गर्नसक्छ ? >>   संघीय निजामति सेवा विधेयकमा तल्लो तहका कर्मचारी उपेक्षितः सांसद रिजाल >>   मन्त्रालयका कर्मचारीहरुको कार्यशैलीप्रति उपप्रधानमन्त्री सिंह रुष्ट >>   इण्डोनेसियाको मध्य सुलावेसीमा ६.० म्याग्निच्युडको भूकम्प >>   जलवायु परिवर्तनले कुनै देश, भूगोल र राजनीतिक दल चिन्दैनः परराष्ट्रमन्त्री >>   नेपालले जलवायु परिवर्तनको दुःखद् अनुभव व्यहोरिरहेको छः मन्त्री ठकुरी >>   बजेट कार्यान्वयनमा गम्भीर समस्याः २७ प्रतिशत बुँदा कार्यान्वयनमै गएनन् >>   मधेसवादी नेता काठमाडौंमा प्रधानमन्त्रीको पूजा गर्छन्, मधेस पुगेर विरोध : अनिल झा >>   स्वास्थ्य सेवाका कर्मचारीहरुलाई पनि निजामति सेवा विधेयकमा समेट्नुपर्छः सांसद भट्टराई >>   संघीयता कार्यान्वयनमा संघीय निजामती सेवा विधेयक महत्वपूर्ण दस्तावेजः मन्त्री न्यौपाने
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह


काठमाडौँ। पूर्वाधार विकास समितिका समापति दीपकबहादुर सिंहले कलंकी–नारायणगोपाल चोक– कोटेश्वर क्षेत्रमा भइरहेको चक्रपथ विस्तारका क्रममा पहिलेका गल्ती नदोहोर्याउन आग्रह गरेका छन्।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति सिंहले रिङरोड बिस्तार गर्दा कहाँनेर ओभरपास वा अण्डरपास राख्ने हो, अहिले नै स्पष्ट हुनुपर्ने बताएका हुन् । आवश्यक ठाउँमा ओभरपास नराख्दा पछि थप्नुपर्ने र आवश्यक नएको ठाउँमा राख्दा पछि भत्काउनुपर्ने परिपाटीले लागत र समय दुवै खेर गएकोतर्फ उहाँले यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराए ।

सभापति सिंहले भने, ‘हिजोका दिनको बल्खु अण्डरपासको बारेमा हामीहरूले धेरै कुरा भोगि पनि सकेका छौँ । जुन यो चक्रपथको १.२ किलोमिटर छ, त्यसको लागि पनि डीपीआर गर्दाखेरी चाहिने मात्रामा अति आवश्यक हुने ठाउँमा फ्लाइओभर ब्रिज वा अण्डरपासको लागि पनि अहिले नै सोच्नुपर्ने अवस्था छ । किनकी हिजो रिङरोडमा चाइनिजले बनाइसकेपछि वर्षौंसम्म बनेको ब्रिजलाई उखेलेर, समय पनि, लागत पनि हाम्रो ठूलो मात्रामा बालुवामा पानी हालेजस्तो भएको छ । अब उप्रान्त रिङरोडको कोटेश्वर– नारायणगोपाल चोक–चाबहिल एरिया–गौशाला (सातदोबाटो र स्वयम्भू एरियामा पनि) कहाँ अति आवश्यक छ, बाइपास’ ? अण्डरपास वा फ्लाइओभर ? अहिले देखि नै डीपीआर बनाइकन जान पनि समितिले अनुरोध गर्दछ । जुन हिसाबबाट हिजोका दिनबाट बल्खुबाट सिकेका छौँ, कमि कमजोरी भएको छ, अब सकेसम्म नयाँ बन्न गएको रिङरोडमा चाहिने पूर्वाधारहरू पूरा कम्प्लिट गरिकन, जुन अन्डरपास बनेको छ, त्यो ठाउँबाट निस्केपछि त अगाडि पट्टि त जामै जाम छ नि। त्यसकारण यो रिङरोड निर्माण गर्न गइरहेका छौँ, हरेक ठाउँमा, अतिआवश्यक ठाउँमा फ्लाइओभर वा अण्डरपासको लागि अहिले देखि नै डीपीआरमा राख्न समितिबाट मन्त्रालयलाई अनुरोध गर्दछौँ ।’

उनले कलंकी–बल्खु क्षेत्रमा बनेका संरचना, त्यहाँ हुने सवारी जाम लगायतका कुराबाट सिकेर नयाँ—नयाँ पूर्वाधार निर्माण गर्न पनि जोड दिए ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?