Trending
>>   राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरुसँग छलफल >>   जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्णः ईश्वर पोखरेल >>   राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ,कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ :… >>   जेन–जी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित रह्योः अध्यक्ष दाहाल >>   सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल >>   प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतको शिष्टाचार भेट >>   अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचनः गृहमन्त्री अर्याल >>   समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग तयार छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   जेन जीको नाममा भएको आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानविन गरी कारबाही गरियोस्ः प्रकाशमान सिंह >>   जेन-जी आन्दोलनको प्रभावः २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा माग दाबी
Logo
२ आश्विन २०८२, बिहीबार
२ आश्विन २०८२, बिहीबार

सरकारले संसदलाई विचौलियाको खेल मैदान बनाउँदै कुशासनको पहाड ठड्यायोः अध्यक्ष दाहाल


काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई ठूला दलहरू मिलेर बनेको सरकारले संसदलाई विचौलियाको खेलमैदान बनाएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् । संसदलाई बिचौलियाको खेलमैदान बनाइनु देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको उनको टिप्पणी छ । उनले वर्तमान सुशासनको डरले बनेको सरकार भएको पनि टिप्पणी गरे । वर्तमान सरकारले संख्याको दम्भमा कुशासनका पहाड ठड्याएको आरोप लगाउँदै सरकार बिचौलियाको पक्षमा छ भन्ने कुरा आम नागरिक र सत्तारुढ दलकै नेताहरुको भाषा बन्न पुगेको उनको टिप्पणी छ ।

उनले भने, ‘दुई ठूला दल मिल्दा जस्तो गरेपनि हुन्छ भन्ने निरङ्कुशतावादी सोच बोकेर संसदको जसरी हुर्मत लिइएको छ र कथित दुई दलको अहंकारले सार्वभौम संसदलाई समेत बिचौलियाहरुको खेल मैदान बनाइँदैछ । यो देश र नेपाली जनताको लागि दुर्भाग्यपूर्ण र खेदजनक छ ।’

उनले संसदीय समितिबाट विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधि सभामा पुग्दा भएका चलखेल र हस्तक्षेपभएको भन्दै आपत्ति जनाए ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?