Trending
>>   राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरुसँग छलफल >>   जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्णः ईश्वर पोखरेल >>   राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ,कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ :… >>   जेन–जी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित रह्योः अध्यक्ष दाहाल >>   सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल >>   प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतको शिष्टाचार भेट >>   अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचनः गृहमन्त्री अर्याल >>   समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग तयार छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   जेन जीको नाममा भएको आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानविन गरी कारबाही गरियोस्ः प्रकाशमान सिंह >>   जेन-जी आन्दोलनको प्रभावः २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा माग दाबी
Logo
२ आश्विन २०८२, बिहीबार
२ आश्विन २०८२, बिहीबार

जनताले वाचा होइन, सरकारसँग जवाफदेहीता खोजेका छन्ः एमाले सांसद बराल


काठमाडौँ। नेकपा (एमाले)की सांसद सुनिता बरालले नेपाली जनताले वाचा नभई जवाफदेहीता खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद बरालले यस्तो धारणा राखेकी हुन् । उनले राज्यका निकायहरु निश्प्रभावी हुँदै गएको कुरामा सरकारको ध्यान जान जरुरी रहेको बताईन् । उनले केही गैरसरकारी संस्थाहरुले असम्बन्धीत व्यक्तिहरुलाई विदेशी कार्यक्रममा पठाउने विषय समेत निकै संवेदनशील रहेको बताएकी छिन् । यसअघि प्रधानमन्त्री सहभागि स्पेनको कार्यक्रममा सहभागि हुन गैरसरकारी संस्थाबाट गएका नागरिकहरु नफर्किएका समाचारहरु सार्वजनिक भएका थिए । उनले संस्था वा व्यक्तिको लाभका लागि असम्बन्धित कार्यक्रममा पठाउने संस्थाहरुमाथि छानविन गरी कानूनी कारबाही गर्न समेत सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

उनले भनिन, ‘कतिपय विदेशी कार्यक्रममा कर्मचारी, नेता, कलाकार, खेलाडी जाने कुरा स्वभाविक छ । विदेशी मुलकले भिसा एप्रोच गरेका व्यक्तिलाई भिसा दिने कि नदिने भनेर नेपाल सरकारलाई सोध्ने गर्दैन । तर अहिले केही गैरसरकारी संस्थाहरुले असम्बन्धीत व्यक्तिहरुलाई विदेशी कार्यक्रममा पठाउने गरेको समाचार निक्कै संवेदनशील छ । यदि त्यस्तो हो भने संस्थाले आफ्नो वा व्यक्तिको लाभका लागि यस्तो गरेको हो भने राज्यका निकायहरुमार्फत छानविनको दायरामा ल्याइनुपर्छ । र दोषिलाई कारबाही गर्नुपर्छ । आज राज्यका निकायहरु कमजोर हुने र निश्प्रभावी भएको हुन कि भन्ने कुरमा सरकारको ध्यान जानुपर्छ । आज नेपाली जनताले वाचा होइन जवाफदेहीता खोजेको कुरामा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले सेवा प्रवाह, सुशासन लगायतका कुरामा ध्यान दिन जरुरी रहेको समेत बताईन् ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?