Trending
>>   पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताबारे विधान महाधिवेशनमा छलफल गर्न हुँदैनः शंकर पोखरेल >>   बजेट विनियोजन गर्दा सरकारले झापालाई मात्रै नेपाल देख्छः सांसद तामाङ >>   जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न सांसद शाहीको माग >>   सत्तापक्षको कर्कस र अराजक शैलीका कारण लोकतन्त्र कमजोर भयोः सांसद ढकाल >>   मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया >>   वागमतीमा ९६ हजारभन्दा बढी गाईभैँसीलाइ लगाइयो लम्पी स्किन विरुद्धको खोप >>   ‘निजी क्षेत्र तर्साउने गरी वन नियमावली ल्याउँदै सरकार’ >>   शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना (तस्बिरसहित) >>   बालसंरक्षणमै समर्पित छु, राजनीतिक षड्यन्त्रका आरोप निराधार : इन्दिरा राना >>   अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पले ८ सय बढीको मृत्यु
Logo
१७ भाद्र २०८२, बुधबार
१७ भाद्र २०८२, बुधबार

गाजामा इजरायली आक्रमणबाट ४६ जनाको मृत्यु


एजेन्सी। शनिवार गाजा पट्टीमा इजरायली आक्रमणबाट ४६ जना प्यालेस्टिनीको मृत्यु भएको छ । गाजा नागरिक रक्षाका प्रवक्ता महमूद बसलले बताएअनुसार दक्षिणी गाजा पट्टीको रफाहको उत्तरमा रहेको अमेरिकी र इजरायली समर्थित सहायता वितरण केन्द्र नजिकै खानाको पर्खाइमा रहेका इजरायली सेनाको गोलीबारीबाट २७ जना प्यालेस्टिनीको मृत्यु भएको छ । १८० जना घाइते भएका छन् ।

उत्तरी शहर गाजा शहरमा इजरायली हवाई आक्रमणमा १० जनाको मृत्यु भएको छ । जसमध्ये आठ महिला र बालबालिका छन् । मध्य गाजा पट्टीको देइर अल–बलाह शहरमा हवाई आक्रमणमा कम्तिमा सात जनाको मृत्यु भएको छ ।

एम्बुलेन्स टोलीले गाजा पट्टीको दक्षिणमा रहेको खान युनिसको शेख नासेर क्षेत्रबाट इजरायली बमबारीमा मारिएका दुई व्यक्तिको शव पनि निकालेको छ । मार्च १८ मा इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको छ । इजरायलले आफ्नो आक्रमणहरू पुनः शुरु गरेदेखि कम्तिमा ७ हजार ३ सय ११ प्यालेस्टिनीहरू मारिएका छन् । २६ हजार ५४ जना घाइते भएका छन् । अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५७ हजार ८ सय ८२ पुगेको छ भने घाइतेहरूको संख्या १ लाख ३८ हजार ९५ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?