Trending
>>   राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरुसँग छलफल >>   जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्णः ईश्वर पोखरेल >>   राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ,कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ :… >>   जेन–जी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित रह्योः अध्यक्ष दाहाल >>   सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल >>   प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतको शिष्टाचार भेट >>   अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचनः गृहमन्त्री अर्याल >>   समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग तयार छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   जेन जीको नाममा भएको आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानविन गरी कारबाही गरियोस्ः प्रकाशमान सिंह >>   जेन-जी आन्दोलनको प्रभावः २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा माग दाबी
Logo
२ आश्विन २०८२, बिहीबार
२ आश्विन २०८२, बिहीबार

काभा मेन्स च्याम्पियन्स लिग जित्ने लक्ष्यमा हेल्प नेपाल


काठमाडौँ। नेपालको हेल्प नेपाल स्पोट्र्स क्लब माल्दिभ्समा हुने काभा मेन्स च्याम्पियन्स लिगको उपाधि यात्रामा होमिएको छ ।

च्याम्पियन्स लिग आगामी जुलाई १७ देखि २३ सम्म माल्दिभ्सको मालेमा हुँदैछ । यसमा नेपालसहित पाँच राष्ट्रका लिग च्याम्पियनले उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन् । पाकिस्तानका दुई खेलाडीसँगै नेपाली लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडीलाई अनुबन्धन गर्दै हेल्प नेपालको उपाधि यात्रामा होमिएको छ । यसै प्रतिस्पर्धामा सहभागी हुन नेपाली टोली आगामी सोमबार माल्दिभ्स प्रस्थान गर्नेछन् । नेपाल भलिबल संघले शनिबार एक कार्यक्रम आयोजना गर्दै उक्त टोलीलाई बिदाई गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, राखेप बोर्ड सदस्य जगत धामी र राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह लगायतले बिदाई गरेका थिए । सो अवसरमा सदस्यसचिव घिसिङले काभा च्यालेन्ज लिगमा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिँदै उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे । घिसिङले क्लबले यहाँसम्म आइपुग्न ठूलो चुनौती पार गर्नुपरेकोले अहिले यो सफलता पाएको बताए । नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाहले हेल्प नेपालले क्लबको मात्र नभई समग्र नेपाली र नेपालीको प्रतिनिधित्व गर्ने बताए ।

हेल्प नेपालले यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नतिजा निकाल्ने अपेक्षा रहेको उनले बताए । हेल्प नेपालले पोखरामा सम्पन्न एनभिए राष्ट्रिय क्लब भलिबल लिगको उपाधि जित्दै काभा च्याम्पियन्स लिगमा स्थान बनाएको हो । माल्दिभ्समा पनि उत्कृष्ट प्रदर्शन गर्ने क्लबको लक्ष्य छ । तर, क्लबले छोटो समयको तयारी गरेको छ । काभा च्याम्पियन्स लिगमा नेपालसहित श्रीलंका, माल्दिभ्स, कजाखस्तान, किर्गिस्तानको च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्ने नेपाल भलिबल संघले जनाएको छ ।

उत्सव खड्काको प्रशिक्षणमा नेपालले तयारी गरिरहेको छ । उनको सहायक प्रशिक्षकमा सुजन केसी र राजन कुमार उपाध्याय छन् । टिम म्यानेजरमा झम्क नारायण श्रेष्ठ छन् । अधिकांश विभागीय टोलीका खेलाडी समेटर टोली निर्माण गरिएको छ । हेल्प नेपालले काभा च्यालेन्ज लिगका लागि विभागीय टोली नेपाल पुलिस क्लबबाट रविन चन्द, रविन नगरकोटी, सफल विक र एपिएफबाट विनोदबहादुर चन्दलगायत खेलाडीलाई अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ ।

साथै दुई पाकिस्तानी खेलाडी उस्मान र मोहम्मद आसिफ नाभिदलाई अनुबन्ध गरिएको छ । हेल्प नेपालमा अन्य खेलाडीमा विष्णुबहादुर क्षेत्री,
सफल विक, चिरन्जिवी खड्का, विनोदबहादुर चन्द, यामबहादुर भण्डारी, सुवास कुँवर (कप्तान), मनीष मानन्धर, सन्तोष राई र रविन चन्द रविन नगरकोटी छन् ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?