Trending
>>   राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरुसँग छलफल >>   जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्णः ईश्वर पोखरेल >>   राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ,कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ :… >>   जेन–जी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित रह्योः अध्यक्ष दाहाल >>   सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल >>   प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतको शिष्टाचार भेट >>   अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचनः गृहमन्त्री अर्याल >>   समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग तयार छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   जेन जीको नाममा भएको आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानविन गरी कारबाही गरियोस्ः प्रकाशमान सिंह >>   जेन-जी आन्दोलनको प्रभावः २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा माग दाबी
Logo
३ आश्विन २०८२, शुक्रबार
३ आश्विन २०८२, शुक्रबार

दक्षिण पश्चिम पाकिस्तानमा बन्दुकधारीद्वारा ९ जनाको हत्या


एजेन्सी। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरूले दुई वटा बस रोकेर नौ जना यात्रुलाई अपहरण गरी गोली हानी हत्या गरेका छन् । उत्तरी बलुचिस्तानको जिल्ला लोरलाईमा बिहीवार राति आक्रमण भएको थियो । जहाँ सशस्त्र आक्रमणकारीहरूले यात्रु बसहरू रोके र पहिचानको आधारमा धेरै व्यक्तिहरूलाई हटाएका प्रवक्ता शाहिद रिन्दले बताए ।

पूर्वी पञ्जाब प्रान्तका यात्रुहरूलाई बसहरूबाट निश्चित दूरीमा लगेपछि गोली हानी हत्या गरेको बताइएको छ । उनीहरूको शव बरामद गरिएको छ । घटनापछि, सुरक्षा बलले प्रभावित क्षेत्रमा खोजी अभियान शुरु गरेको र बाँकी अपहरण गरिएका यात्रुहरूलाई पक्राउ गरेको बताए । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?