Trending
>>   राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरुसँग छलफल >>   जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्णः ईश्वर पोखरेल >>   राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ,कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ :… >>   जेन–जी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित रह्योः अध्यक्ष दाहाल >>   सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल >>   प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतको शिष्टाचार भेट >>   अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचनः गृहमन्त्री अर्याल >>   समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग तयार छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   जेन जीको नाममा भएको आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानविन गरी कारबाही गरियोस्ः प्रकाशमान सिंह >>   जेन-जी आन्दोलनको प्रभावः २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा माग दाबी
Logo
२ आश्विन २०८२, बिहीबार
२ आश्विन २०८२, बिहीबार

सामाजिक सुरक्षा प्रणालीमा आमुल सुधार आवश्यकः मन्त्री सुडी


काठमाडौँ। महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ज्येष्ठ नागरिकको जीवन सुरक्षित, सम्मानजनक र गुणस्तरीय बनाउनका लागि हालको सामाजिक सुरक्षा प्रणालीमा आमुल सुधार आवश्यक रहेको बताए ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्नेसम्बन्धी जरुरी महत्वको प्रश्ताव माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले सामाजिक सुरक्षा भत्ताको नाममा राज्यको खर्बौं रुपैयाँ खर्च भइरहेपनि सामाजिक सुरक्षा भत्ता वितरणको प्रणाली नै गलत रहेको बताए । उनले खर्बपति व्यापारी विनोद चौधरीका आमाबुबालाई पनि सामाजिक सुरक्षा भत्ता दिनुपर्ने व्यवस्थाले सामाजिक सुरक्षाको समस्या समाधान हुन नसक्ने बताए ।

उनले भने, ‘ज्येष्ठ नागरिकसम्बन्धी समस्या महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँगको मात्र समस्या होइन । यो स्वास्थ्य मन्त्रालयसँग पनि सम्बन्धीत छ । यो कानून मन्त्रालयसँग पनि सम्बन्धित छ र यो अर्थ मन्त्रालयसँग पनि सम्बन्धीत छ । त्यसकारणले म एक शब्दमा के भन्न चाहान्छु भने यदि हामीले जेष्ठ जनगरिकसम्बन्धी विधेयक ल्याउनुपर्यो भने हामी तीन महिना पहिलेसम्म तयार पार्न सक्दैनौं । हामीले सबैको राय, सुझाव समेत समेटेर ल्याउनुपर्ने भएको कारणले ढिला हुनसक्छ । धेरै माननीय सदस्यहरुले सामाजिक सुरक्षा भत्ता बढाउने कुरा गर्नुभएको छ । अहिले सरकारले खर्बौं रुपैयाँ सामाजिक सुरक्षा भत्ताको नाउमा व्यहोरिरहेको छ । तर व्यहोर्ने जुन पद्धति छ यहाँ वनोद चौधरीको आमा–बुबालाई पनि सामापजक सुरक्षा भत्ता दिनुपर्छ । एउटा अर्बपति व्यापारी छ उसले पनि सामाजिक सुरक्षा भत्ता उठाइरहेको छ । यसरी हुँदैन । जसलाई आवश्यक सामाजिक सुरक्षाको उसलाई आर्थिक सहयोग गर्नुपर्छ । यसमा सुधार नगरी हुँदैन ।’

मन्त्री सुडीले ज्येष्ठ नागरिकका समस्या स्वास्थ्य, कानून र अर्थ मन्त्रालयसँग समेत प्रत्यक्ष सम्बन्धित रहेको भन्दै मन्त्रालयहरूबीच समन्वय गरेर ऐन निर्माण गर्ने समेत बताए ।


प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?