Trending
>>   राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरुसँग छलफल >>   जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्णः ईश्वर पोखरेल >>   राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ,कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ :… >>   जेन–जी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित रह्योः अध्यक्ष दाहाल >>   सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल >>   प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतको शिष्टाचार भेट >>   अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचनः गृहमन्त्री अर्याल >>   समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग तयार छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   जेन जीको नाममा भएको आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानविन गरी कारबाही गरियोस्ः प्रकाशमान सिंह >>   जेन-जी आन्दोलनको प्रभावः २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा माग दाबी
Logo
२ आश्विन २०८२, बिहीबार
२ आश्विन २०८२, बिहीबार

चालु आ.व.को असार २५ सम्म उच्च अदालत पाटनद्वारा ११ हजार २ सय ३४ थान मुद्दा फर्छ्यौट


काठमाडौँ। उच्च अदालत पाटनले चालु आर्थिक वर्षमा ११ हजार २ सय ३४ थान मुद्दा फछ्र्यौट गरेको छ ।

बिहीवार आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै उच्च अदालतका रजिस्ट्रार श्रीलाल पौडेलले यस वर्ष ११ हजार ८ सय ४५ थान मुद्दा नयाँ दर्ता भएको बताए । त्यसमध्ये ११ हजार ३ सय २३ थान मुद्दाहरु फछ्र्यौट गर्नुपर्ने लक्ष्य रहेकोमा यस आर्थिक वर्षमा ११ हजार २ सय ३४ थान मुद्दा फछ्र्यौट गरेको बताए । असार २५ गतेसम्म कुल लक्ष्यको ९९.२१ प्रतिशत मुद्दा फछ्र्यौट भएको बताएका छन् । अझै ५ दिन बाँकी रहेको र यो समयसम्म शतप्रतिशत लक्ष्य हाँसिल गर्ने दाबी गरे । उच्च अदालत पाटनको इतिहासमै पहिलो पटक दुई वर्ष नाघेका मुद्दाहरु शुन्य बनाउन सफल भएको बताए ।

उनले भने, ‘यस वर्ष ११ हजार ८ सय ४५ थान मुद्दा नयाँ दर्ता भए । १७ हजार भन्दा बढी मुद्दाहरु लगतमा छन् । त्यसमध्ये ११ हजार ३ सय २३ थान मुद्दाहरु फछ्र्यौट गर्नुपर्ने थियो । यस आर्थिक वर्षमा ११ हजार २ सय ३४ थान मुद्दा फस्र्यौट गरेका छौँ । त्यो संख्या भनेको ९९.२१ प्रतिशत हो । यो असार २५ गतेसम्मको हो । अझै ५ दिन बाँकी छ । हामीले यो ५ दिनमा शतप्रतिशत नै लक्ष्य हाँसिल गर्नेकुरा सुनिश्चित छ । उच्च अदालत पाटनको इतिहासमा अहिलेसम्म दुई वर्ष नाघेका मुद्दाहरु शुन्य बनाउन सकेको छौँ ।’

पत्रकार सम्मेलनमा बोल्दै उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाअनुसार पहिलो वर्ष पूरा गरेको र सबै अदालतहरुको प्रगति सन्तोषजनक रहेको बताए । योजनाले राखेका लक्ष्यहरुतर्फ प्रयास उन्मुख रहेको बताए । पाटन उच्च अदालतले लक्ष्य प्राप्ति पूरा गरेको बताए । न्याय सम्पादन छिटो, छरितो बनाउने कुरा नै महत्वपूर्ण रहेको बताएका छन् । नयाँ दर्ता हुने मुद्दाको संख्या पनि बढेको बताए ।

उनले आागमी आर्थिक वर्षमा मुद्दाहरु १८ महिना नाघ्न नदिने गरी लक्ष्य निर्धारण गरेर अघि बढ्ने बताए ।


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?