Trending
>>   राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरुसँग छलफल >>   जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्णः ईश्वर पोखरेल >>   राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ,कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ :… >>   जेन–जी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित रह्योः अध्यक्ष दाहाल >>   सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल >>   प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतको शिष्टाचार भेट >>   अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचनः गृहमन्त्री अर्याल >>   समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग तयार छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   जेन जीको नाममा भएको आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानविन गरी कारबाही गरियोस्ः प्रकाशमान सिंह >>   जेन-जी आन्दोलनको प्रभावः २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा माग दाबी
Logo
३ आश्विन २०८२, शुक्रबार
३ आश्विन २०८२, शुक्रबार

तराई–मधेसको सिंचाई र खानेपानीको समस्याप्रति सरकार गम्भीर छैनः सांसद यादव


काठमाडौँ। नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले तराई–मधेश क्षेत्रमा रहेको खानेपानी र सिंचाईको समस्या समाधान गर्ने सवालमा सरकार गम्भिर नदेखिएको भन्दै संसदीय समितिको ध्यानकर्षण गराएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीवारको बैठकमा बोल्दै सांसद यादवले यस्तो तराई क्षेत्रको सिंचाइ, मल र खानेपानीको समस्या समाधानतर्फ कुनैपनि तहको सरकार गम्भिर नरहेको बताएका हुन् । तराईलाई अन्नको भण्डार भनिएपनि पर्याप्त सिंचाई सुविधा नहुँदा हालसम्म २० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको यादवको भनाइ छ । उनले मौलिक हकमै उल्लेख गरिएको खानेपानीका समस्या समाधान गर्न समेत संघ, प्रदेश र स्थानीय तहको सरकार गम्भिर हुन नसकेको बताए ।

उनले भने, ‘सिंचाईं, खानेपानी र मलको विषयमा गम्भिरप्रश्न रहेको छ । नेपाल कृषि प्रधान देश हो । हिमाल, पहाड र तराई भएको देश हो । सबै ठाउँमा आफ्नै कृषि प्रणाली र रहनसहन छन् । तराईलाई अन्न भण्डार भनिन्छ तर त्यहाँ पानी परेको छैन, तिब्बत आएको पानीले बाढी आएको छ । त्यहाँ अहिले २० प्रतिशत मात्रै रापाइँ भएको छ । अहिले पानीका मुहानहरु सुकिसकेछन् । यसमा सरकार गम्भिर भएको छैन । तराई–मधेसमा रहेको खानेपानीको समस्यामा तीन तहको सरकार नै गम्भिर देखिदैन । तराई–मधेसको खानेपानीको समस्या समाधान गर्न संघीय सरकारले समितिले देओस् ।’

उनले समयमै मल वितरण नगरी सरकारले वर्षेनी किसानलाई धोका दिइरहेको पनि आरोप लगाए । उनले किसानलाई समयमै मल उपलब्ध गराउन आवश्यक पहलकदमी लिन समेत सरकारसँग आग्रह गरे ।


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?