Trending
>>   जेन जी आन्दोलनको आक्रोशको ज्वाला आगोमा परिणत हुँदा देश ध्वस्त भयोः अष्टलक्ष्मी शाक्य >>   बलिदान गरेर आएका राजनीतिक दलहरुलाई निषेध गर्नेकुरा स्वीकार्य हुँदैनः महासचिव पोखरेल >>   राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरुसँग छलफल >>   जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्णः ईश्वर पोखरेल >>   राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ,कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ :… >>   जेन–जी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित रह्योः अध्यक्ष दाहाल >>   सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल >>   प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतको शिष्टाचार भेट >>   अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचनः गृहमन्त्री अर्याल >>   समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग तयार छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
Logo
३ आश्विन २०८२, शुक्रबार
३ आश्विन २०८२, शुक्रबार

सोवितालाई काँग्रेस सांसद विकको जवाफः सरकारी स्कुलमै पढेको हो, नेपाली राम्रोसँग बुझ्छौँ


काठमाडौँ। नेपाली काँग्रेसकी सांसद शान्ति विकले सुमेरु ट्राभल्सले भिजिट भिसामा जापान पठाइदिन्छु भनेर गोरखाका एक व्यक्तिलाई ठगी गरेको बताएकी छिन् ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले २०१० मा २५ लाखमा घर बेचेर दिएको कुरा खुलासा भएको बताएकी छिन् । २०१० बाट २०२५ सम्म आइपुग्दा यस्ता पीडितहरु कति भए होलान् भन्दै उनले प्रश्न गरिन । ट्राभल्सको नाममा मानव तस्कर गर्ने अनि अरुलाई मानव तस्कर जस्तो शब्द प्रयोग गरेर जबरजस्ती सावित गर्न खोज्नु घृणित व्यवहार भएको जिकिर गरिन । बिना आधार, बिना उजुरी मानव तस्कर शब्द प्रयोग गरेर अरुको राजनीतिक, सामाजिक, व्यक्तिगत चरित्र समाप्त पार्ने कोशिस सह्य नहुने चेतावनी दिईन् । स्पेन भ्रमणमा बहानामा टोली लिएर गएर मान्छे छोडेर आयो भन्ने तथ्यहिन आरोप प्रधानमन्त्रीमाथि नलगाउन पनि चेतावनी दिएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफूले प्रधानमन्त्रीसँग गएको टोली नफर्किएको नभनेको तर सांसदहरुले नेपाली पनि नबुझेको भन्ने टिप्पणी गरेपछि सांसद विकले आफू सरकारी विद्यालयमै पढेर आएको र नेपाली राम्रोसँग पढ्न आउने बताएकी छिन् ।

उनले भनिन, ‘सुमेरु ट्राभल्सले भिजिट भिसामा जापान पठाइदिन्छु भनेर गोरखाका एक व्यक्तिलाई २०१० मा २५ लाखमा घर बेचेर दिएको कुरा खुलासा भएको छ । २०१० बाट २०२५ सम्म आइपुग्दा यस्ता पीडितहरु कति भए होलान् । ट्राभल्सको नाममा मानव तस्कर गर्ने अनि मानव तस्कर जस्तो शब्द प्रयोग गरेर जबरजस्ती सावित गर्न खोज्नु घृणित व्यवहार हो । बिना आधार, बिना उजुरी मानव तस्कर शब्द प्रयोग गरेर अरुको राजनीतिक, सामाजिक, व्यक्तिगत चरित्र समाप्त पार्ने कोशिस केबल यो सहकारी रिस साँधिएको हो । यस्तो आधारहिन आरोप लगाउनु नैतिक र कानूनी दृष्टिले पनि गलत हो । देशको प्रधानमन्त्रीसँग देशको गरिमा जोडिएको हुन्छ । स्पेन भ्रमणमा बहानामा टोली लिएर गएर उहाँ नै छोडेको भन्ने आरोप छ । तथ्यहीन आरोप लगाएर रे र अरेको भरमा देशको प्रधानमन्त्रीमाथि आरोप लगाउनु यो गरिमामय सदनमा हल्का टिप्पणी गर्नु हो । हामी नेपालीका छोराछोरी हौँ । हामीलाई नेपाली पढ्न आउँछ । सामुदायिक स्कुलमै पढेका हौँ । सरकारी स्कुलमा पढेर आएको हो । नेपाली पनि बुझ्छौँ, नेपाली लाइन पनि बुझ्छौँ । प्रधानमन्त्रीलाई ठाडै आरोप लगाउन पाइन्छ सभामुख महोदय ?’

संसदमा बोल्ने अरुको कुरा नसुन्नि हिँड्ने नयाँ अभ्यास शुरु भएको हो भन्दै प्रश्न गरिन ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?