Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

जेन जी आन्दोलनको आक्रोशको ज्वाला आगोमा परिणत हुँदा देश ध्वस्त भयोः अष्टलक्ष्मी शाक्य


काठमाडौँ। काठमाडौँ। नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जेन जी आन्दोलनको आक्रोशको ज्वाला आगोमा परिणत हुँदा देश ध्वस्त भएको बताएकि छिन् ।

संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अहिले देश नै रोइरहेको भन्दै अब शोकलाई शक्तिमा परिणत गर्नुपर्ने बताइन् । नयाँ युवा पुस्ताका मागहरु भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने त्यो माग नाजायज नभएको बताइन् । सरकारले पनि क्रमशः भ्रष्टाचारमुक्त नेपाल बनाउने भनेर योजनावद्ध ढंगले लागेको जिकिर गरिन् । आन्दोलनको मागलाई अबको दिनमा सम्बोधन गर्नुपर्ने बताइन् । जेन जी पुस्तालाई कस्तो दृष्टिकोणले हेर्ने भन्नेमा सबै राजनीतिक दलहरु स्पष्ट हुन जरुरी रहेको बताइन् । जेन जी पुस्ताले देशमा केही गर्नुपर्छ भन्ने भावना राखेर आन्दोलन अघि बढाएपनि धमिलो पानीमा माछा मार्ने काम भएको बताइन् । नेकपा एमालेलाई पुनःगठन गर्दै नयाँ ढंगबाट लोकतान्त्रिक व्यवहारका साथ अघि बढ्नुपर्ने बताइन् । शोकलाई अब शक्तिमा बदलेर अघि बढ्न जरुरी रहेको बताइन् । उनले नेपाली जनताको एकतालाई अझ बलियो बनएर अघि बढ्न आवश्यक रहेको बताएकी छिन् । समयमै निर्वाचन हुनुपर्ने बताइन् । राम्रा कामहरुको आत्मसाथ गर्दै कमी कमजोरी सच्याएर अघि बढ्न जरुरी रहेको बताएकी छिन् ।

उपाध्यक्ष शाक्यले भनिन्, ‘आक्रोशको ज्वाला आगोमा परिणत हुँदाखेरी देश ध्वस्त भयो । त्यसो भएको हुनाले पनि हामी धेरै पीडित छौँ । मर्माहत छाँै । शोकाकुल छौँ । अत्यन्तै पीडामा छौँ । नयाँ युवा पुस्ताका मागहरु भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने त्यो माग नाजायज थिएन । सरकारले पनि क्रमशः भ्रष्टाचारमुक्त नेपाल बनाउने भनेर योजनावद्ध ढंगले लागेको पनि थियो । तर त्यो आन्दोलनको मागलाई हामीले अबको दिनमा सम्बोधन गर्नुपर्छ । बेवास्त गर्नु हुँदैन । जेन जी पुस्तालाई हामीले कस्तो दृष्टिकोणले हेर्ने सबै राजनीतिक दलहरु स्पष्ट हुन जरुरी छ । रोजिोटीको लागि अघि बढिरहेको बेलामा, आमाको काख छोडेर विदेश धाइरहेको बेलामा, जन्मिएको माटोलाई छोडेर विदेश दौडिरहेको बेलामा जेन जी पुस्ताले देशमा केही गर्नुपर्छ भन्ने भावना राखेर यो आन्दोलन अघि बढाए । तर धमिलो पानीमा माछा मार्ने भनेझैँ अनेकौँ तत्वहरुले त्यसलाई दुरुपयोग गर्ने काम गरे । जसले धेरै युवा पुस्ताको ज्यान गयो । अहिले देश रोईरहेको अवस्था छ । अब सबै राजनीतिक दलहरु यति बेला अब पुनःगठन हुनुपर्छ । नयाँ सोचका साथ अघि बढ्नुपर्छ । राम्रा कामहरु आत्मसाथ गर्दै कमी कमजोरी सच्याएर अघि बढ्नैपर्छ । अहिले परिस्थिति सहज छैन । तर यो असहज परिस्थितिलाई सहजतामा परिणत गर्नसक्छौँ भन्ने अठोट लिनुपर्छ । ’

उपाध्यक्ष शाक्यले अफ्ठ्यारो परिस्थितिमा पनि मनोबल कमजोर बनाउन नहुने बताएकी छिन् । मनोबल दह्रो बनाएर अघि बढ्दै देश विकासमा लाग्नुपर्ने बताएकी छिन् । आक्रोशको ज्वालाले देश ध्वस्त भएको बताउँदै सुरक्षा निकायहरु असुरक्षित रहेको अवस्था रहेको बताएकी छिन् । एकतावद्ध भएर नयाँ ढंगबाट अघि बढ्न जरुरी रहेको जिकिर गरिन् । नयाँ नेपाल आफूहरुले नै बनाउने र समृद्ध नेपाल नेपालीहरुले नै बनाउनुपर्ने बताइन् । त्यसका लागि नेपालीहरुका बीचमा बलियो एकताको आवश्यकता जरुरी रहेको बताएकी छिन्।


प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?