Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

जेन जी आन्दोलनको आक्रोशको ज्वाला आगोमा परिणत हुँदा देश ध्वस्त भयोः अष्टलक्ष्मी शाक्य


काठमाडौँ। काठमाडौँ। नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जेन जी आन्दोलनको आक्रोशको ज्वाला आगोमा परिणत हुँदा देश ध्वस्त भएको बताएकि छिन् ।

संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अहिले देश नै रोइरहेको भन्दै अब शोकलाई शक्तिमा परिणत गर्नुपर्ने बताइन् । नयाँ युवा पुस्ताका मागहरु भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने त्यो माग नाजायज नभएको बताइन् । सरकारले पनि क्रमशः भ्रष्टाचारमुक्त नेपाल बनाउने भनेर योजनावद्ध ढंगले लागेको जिकिर गरिन् । आन्दोलनको मागलाई अबको दिनमा सम्बोधन गर्नुपर्ने बताइन् । जेन जी पुस्तालाई कस्तो दृष्टिकोणले हेर्ने भन्नेमा सबै राजनीतिक दलहरु स्पष्ट हुन जरुरी रहेको बताइन् । जेन जी पुस्ताले देशमा केही गर्नुपर्छ भन्ने भावना राखेर आन्दोलन अघि बढाएपनि धमिलो पानीमा माछा मार्ने काम भएको बताइन् । नेकपा एमालेलाई पुनःगठन गर्दै नयाँ ढंगबाट लोकतान्त्रिक व्यवहारका साथ अघि बढ्नुपर्ने बताइन् । शोकलाई अब शक्तिमा बदलेर अघि बढ्न जरुरी रहेको बताइन् । उनले नेपाली जनताको एकतालाई अझ बलियो बनएर अघि बढ्न आवश्यक रहेको बताएकी छिन् । समयमै निर्वाचन हुनुपर्ने बताइन् । राम्रा कामहरुको आत्मसाथ गर्दै कमी कमजोरी सच्याएर अघि बढ्न जरुरी रहेको बताएकी छिन् ।

उपाध्यक्ष शाक्यले भनिन्, ‘आक्रोशको ज्वाला आगोमा परिणत हुँदाखेरी देश ध्वस्त भयो । त्यसो भएको हुनाले पनि हामी धेरै पीडित छौँ । मर्माहत छाँै । शोकाकुल छौँ । अत्यन्तै पीडामा छौँ । नयाँ युवा पुस्ताका मागहरु भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने त्यो माग नाजायज थिएन । सरकारले पनि क्रमशः भ्रष्टाचारमुक्त नेपाल बनाउने भनेर योजनावद्ध ढंगले लागेको पनि थियो । तर त्यो आन्दोलनको मागलाई हामीले अबको दिनमा सम्बोधन गर्नुपर्छ । बेवास्त गर्नु हुँदैन । जेन जी पुस्तालाई हामीले कस्तो दृष्टिकोणले हेर्ने सबै राजनीतिक दलहरु स्पष्ट हुन जरुरी छ । रोजिोटीको लागि अघि बढिरहेको बेलामा, आमाको काख छोडेर विदेश धाइरहेको बेलामा, जन्मिएको माटोलाई छोडेर विदेश दौडिरहेको बेलामा जेन जी पुस्ताले देशमा केही गर्नुपर्छ भन्ने भावना राखेर यो आन्दोलन अघि बढाए । तर धमिलो पानीमा माछा मार्ने भनेझैँ अनेकौँ तत्वहरुले त्यसलाई दुरुपयोग गर्ने काम गरे । जसले धेरै युवा पुस्ताको ज्यान गयो । अहिले देश रोईरहेको अवस्था छ । अब सबै राजनीतिक दलहरु यति बेला अब पुनःगठन हुनुपर्छ । नयाँ सोचका साथ अघि बढ्नुपर्छ । राम्रा कामहरु आत्मसाथ गर्दै कमी कमजोरी सच्याएर अघि बढ्नैपर्छ । अहिले परिस्थिति सहज छैन । तर यो असहज परिस्थितिलाई सहजतामा परिणत गर्नसक्छौँ भन्ने अठोट लिनुपर्छ । ’

उपाध्यक्ष शाक्यले अफ्ठ्यारो परिस्थितिमा पनि मनोबल कमजोर बनाउन नहुने बताएकी छिन् । मनोबल दह्रो बनाएर अघि बढ्दै देश विकासमा लाग्नुपर्ने बताएकी छिन् । आक्रोशको ज्वालाले देश ध्वस्त भएको बताउँदै सुरक्षा निकायहरु असुरक्षित रहेको अवस्था रहेको बताएकी छिन् । एकतावद्ध भएर नयाँ ढंगबाट अघि बढ्न जरुरी रहेको जिकिर गरिन् । नयाँ नेपाल आफूहरुले नै बनाउने र समृद्ध नेपाल नेपालीहरुले नै बनाउनुपर्ने बताइन् । त्यसका लागि नेपालीहरुका बीचमा बलियो एकताको आवश्यकता जरुरी रहेको बताएकी छिन्।


प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?