
काठमाडौँ। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विपद्जन्य घटनाबाट नागरिकको जिउधनको रक्षा गर्न सरकारसँग आग्रह गरेका छन् ।
मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले नेपाल बाढी, पहिरो, भूकम्प, आगलागी, जलवायु परिवर्तन, महामारी लगायत अन्य प्राकृतिक र मानव निर्मित विपद्को अत्यन्त संवेदनशील मुलुकको रुपमा रहेको बताए । हाल मुलुकमा यो वर्षाको मनसुन प्रवेश गरी सक्रिय भइरहँदा यसबाट सिर्जित विपद् र भएको धनजनको क्षतिका घटनाका विवरणहरु आउन थालेको बताए । आजमात्रै रसुवा जिल्ला लगायत उत्तरी सीमा क्षेत्रमा आएको बाढी, पहिरोले ठूलो धनजनको क्षति भएको विवरण र समाचारहरु आइरहेको भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गरे ।
अध्यक्ष दाहालले भने, ‘नेपाल बाढी, पहिरो, भूकम्प, आगलागी, जलवायु परिवर्तन, महामारी लगायत अन्य प्राकृतिक र मानव निर्मित विपद्को अत्यन्त संवेदनशील मुलुकको रुपमा रहेको व्यहोरा हामी सबैलाई अवगत नै छ । हाल मुलुकमा यो वर्षाको मनसुन प्रवेश गरी सक्रिय भइरहँदा यसबाट सिर्जित विपद् र भएको धनजनको क्षतिका घटनाका विवरणहरु आउन थालेका छन् । आजमात्रै रसुवा जिल्ला लगायत उत्तरी सीमा क्षेत्रमा आएको बाढी, पहिरोले ठूलो धनजनको क्षति भएको विवरण र समाचारहरु आइरहेका छन् । यसले हामी सबैलाई दुःखी र गम्भीर बनाएको छ । घटना प्रभावित क्षेत्रमा राज्यका संवद्ध निकाय र जिम्मेवार पक्षले उपस्थिति जनाइ बेपत्ता व्यक्तिहरुको खोजि गर्न, उद्धार कार्यमा तिब्रता दिन राहत पुनःस्थापना, पुनःनिर्माण र क्षतिप्रतिको तत्काल कार्ययोजना बनाइ कार्यान्वयन गर्न विशेष आग्रह गर्दछु ।’
अध्यक्ष दाहालले घटना प्रभावित क्षेत्रमा राज्यका संवद्ध निकाय र जिम्मेवार पक्षले उपस्थिति जनाइ बेपत्ता व्यक्तिहरुको खोजि गर्न, उद्धार कार्यमा तिब्रता दिन राहत पुनःस्थापना, पुनःनिर्माण र क्षतिप्रतिको तत्काल कार्ययोजना बनाइ कार्यान्वयन गर्न आग्रह गरे ।
प्रकाशित मिति: २४ असार २०८२, मंगलवार