Trending
>>   राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरुसँग छलफल >>   जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्णः ईश्वर पोखरेल >>   राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ,कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ :… >>   जेन–जी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित रह्योः अध्यक्ष दाहाल >>   सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल >>   प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतको शिष्टाचार भेट >>   अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचनः गृहमन्त्री अर्याल >>   समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग तयार छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   जेन जीको नाममा भएको आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानविन गरी कारबाही गरियोस्ः प्रकाशमान सिंह >>   जेन-जी आन्दोलनको प्रभावः २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा माग दाबी
Logo
३ आश्विन २०८२, शुक्रबार
३ आश्विन २०८२, शुक्रबार

प्रधानमन्त्रीको दाबीः राम नेपालमै जन्मिएका हुन्, प्रचार गर्न किन डराउने


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको बताएका छन् ।

सोमवार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनः यस्तो दाबी गरेका हुन् । यसअघि पनि पटक पटक प्रधानमन्त्री ओलीले भगवान श्रीरामको जन्मभूमि चितवनका माडीस्थित ठोरीमा भएको दाबी गरेका थिए । कसैले त्यत्तिकै कथा हालेर रामको जन्मभूमि बदल्न नसक्ने उनको भनाइ छ । राम जन्मभूमि अहिले नेपालमा पर्ने र तर्कसंगत हिसावले पनि अन्यत्र हुन नसक्ने उनको दाबी छ । अरु रिसाउँछ भनेर रामको जन्मभूमि नेपाल हो भन्नबाट डराइरहेको भन्दै नडराइकन रामको जन्भूमि नेपाल हो भन्ने आग्रह गरे । यो आफूले नभइ वाल्मीकिकृत रामायणमा लेखिएको उल्लेख गरे । भगवान शिव, ऋषि विश्वामित्र नेपालकै रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी टुरिजमको कुरा गर्छौं तर नेपालमा राम जन्मिएका अन्त कसैले त्यत्तिकै कथा हालेर हुन्छ । फलानो ठाउँमा जन्मिएका भनेर । राम जन्मिएका नेपालमा हो । नेपालको भूमिमा पर्छ, त्यो ठाउँ अहिले । उसबेला पनि नेपालै थियो भन्दिनँ म । के थियो, के थिएन, थारु गाउँ थियो की ? के थियो । तर अहिले त्यो भूभाग नेपालमा पर्दछ । राम भगवान हुन् भने मान्नु नमान्नु आफ्नै कुरा हो । जसले रामलाई भगवान मान्छ, रामको जन्मभूमि पवित्र छ । यति प्रचार गर्न सक्दैनौँ हामी । यति भन्न सक्दैनौँ । यति आँट गर्दैनौँ । अफ्ठ्यारो लाग्छ । को रिसाउँछ जस्तो लाग्छ, साँचो बोल्दाखेरी रिसाउँछ जस्तो लाग्छ भने अनि हामीले के गरि खान्छौँ । शिव यहीँका हुन्, विश्वामित्र यहीँका हुन् । मैले लेखेको होइन नि रामायण, वाल्मीकिकृत रामायणमा कोशी नदी तरेर पश्चिम गएर राम लक्ष्मणलाई शिक्षा दिए विश्वामित्रले भनेको छ । मैले लेखेको होइन त्यो । विश्वामित्र चतराका हुन् भन्ने स्पष्ट छ ।’

प्रधानमन्त्री ओलीले पर्यटन बोर्डले नेपालको प्रचार गर्न विदेश जानुपर्ने काम नरहेको बताए । अनलाइनका माध्यमबाट नेपवालबाटै प्रचारप्रसार गर्न सकिने बताए ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?