Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

प्राप्त उपलब्धिको रक्षा र कार्यान्वयन गर्नु संसद्को मुख्य लक्ष्य :नेता यादव


जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता रामसहायप्रसाद यादवले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संरक्षण गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले प्राप्त उपलब्धिको रक्षा र कार्यान्वयन गर्नु यो संसद्को मुख्य काम भएको बताउनुभयो ।

“गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलगायतका उपलब्धिलाई संस्थागत र कार्यान्वयन गर्नु अहिलेको संसद्को मुख्य काम हो”, उहाँले भन्नुभयो, “सङ्घीयताको कार्यान्वयन गर्ने यसअघिका सरकारको प्रतिबद्धता अहिलेसम्म कार्यान्वयन भएको छैन, संविधानले दिएको अधिकार प्रदेशलाई हस्तान्तरण हुन सकेको छैन । सङ्घले नै सङ्घीयतालाई कमजोर बनाउने प्रयत्न गरिरहेको आभास भइरहेको छ ।” सङ्घीयतालाई असफल बनाउँदै पुनःकेन्द्रिकृत शासन फर्काउने प्रत्यत्न भएको दाबी गर्दैै प्रमुख सचेतक यादवले सङ्घीयतालाई बलियो बनाउने काम सबैले गर्नुपर्ने बताउनुभयो । “प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ, त्यसका लागि विभन्न कानून बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

जनतलाई सङ्घीयताको अनुभूति दिलाउनका लागि अत्यावश्यक मानिएका निजामती, प्रहरीलगायत ऐन अझै जारी हुन नसकेको उहाँको भनाइ छ । नागरिकता विधेयक टुङ्गोमा नपुग्दा लाखौँ नेपाली अझै अनागरिक बन्नुपरेको पुनः स्मरण गराउँदै उहाँले तुरुन्त नागरिकता विधेयक पारित गरेर गैरनागरिक बनेका नेपालीलाई नागरिकता दिलाउन आग्रह गर्नुभयो । वर्तमान सरकारले जनताको अपेक्षाअनुसारको काम गर्ने विश्वास व्यक्त गर्दै उहाँले सरकारले जनजीविकाका सवाल सम्बोधन गर्न ध्यान दिनुपर्ने बताउनुभयो।


प्रकाशित मिति: २५ पुष २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?