Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

वकील पक्षधर हुन्छ तर न्यायाधीश निरपेक्ष हुनुपर्छः प्रश्तावित न्यायाधीश पोखरेल


काठमाडौँ। सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश मेघराज पोखरेलले न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताएका छन् ।

आईतवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उनले यस्तो बताएका हुन् । उनले कानून व्यवसायीहरु पक्षधर हुने तर न्यायाधीश निरपेक्ष हुनुपर्ने बताए । आफू न्यायाधीश बनेपछि निरपेक्ष रुपमा काम गर्ने जिकिर गरे । न्यायाधीश भएपछि संविधान, कानून र न्यायको पक्षमा अब्बल सावित गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘कानून व्यवसायीहरुले एउटा न एउटाको पक्षधरमै काम गर्नुपर्छ । तर न्यायाधीश भएपछि न्यायाधीशको पक्ष हुँदैन । न्यायकर्मीको जिम्मेवारी पाएँ भने मेरो जुन रोल थियो, त्यसलाई परिवर्तन गरेर संविधान, कानून र न्यायको पक्षमा अब्बल सावित गर्नेछु । न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्छ । त्यस्तो दृष्टिकोण न्यायाधीशले राख्नुपर्छ । यसको लागि न्यायपालिकामा दबाब, प्रलोभनहरु आउनसक्छन् । धम्की आउनसक्छन् । त्यो भन्दा माथि उठेर निर्णय गर्नुपर्छ । कार्यपालिका र व्यवस्थापिकासँगको सम्बन्धमा पनि न्यायपालिकाको भुमिका हुन्छ ।’

उनले सबैले संविधानभित्रै रहेर काम गर्नुपर्ने बताए । संविधानको सीमाभित्र रहेर काम गर्न नसके मुलुकमा गतिरोध हुने जिकिर गरे ।


प्रकाशित मिति: १५ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?