Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

प्रश्तावित सर्वोच्चका न्यायाधीशविरुद्धका उजुरीकर्तासँग समितिले गर्यो छलफल, सुनुवाई आईतवार


काठमाडौं। संसदीय सुनुवाई समितिले शुक्रवार प्रश्तावित सर्वोच्च आदालतका तीन न्यायाधीशविरुद्ध उजुरीकर्ताहरुसँग छलफल गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाविरुद्ध उजरी दिएका उजुरीकर्ताहरुसँग छलफल गरेको हो । बैठकमा उजुरीकर्ता मनोजकुमार क्षेत्रले प्रश्तावित न्यायाधीश पोखरेलले सार्वजनिक बाटो मास्न किर्ते कागजात तयार पारेको आरोप लगाए । उजुरीकर्ता श्रेष्ठले पोखरेलकै प्रभावमा उक्त कागजात किर्ते नरहेको जिल्ला अदालत काठमाडौंले ठहर गरेको दाबी समेत गरे । उनले उक्त विषयमा नेपाल कानुन व्यवसायी परिषद्मा उजुरी गरेकोमा क्षेत्राअिधकार नरहेको भन्दै आफूलाई सम्बोधन गरेर पत्र लेखेको बताए ।

प्रश्तावित न्यायाधीश शान्तिसिंह थापाविरुद्ध उजुरीकर्ताले जिल्ला अदालत बाँकेका एक कर्मचारीले गलत आशय र आचारणले मुद्दा लगाई फसाउने उद्देश्य राखेकाले कारबाहीका लागि निवेदन गरेकोमा थापाले प्रक्रिया अघि नबढाएको आरोप उजुरीमा लगाएका छन् । उजुरीकर्ता आरती रावलले उच्च अदालत दिपालयको मुख्य न्यायाधीश रहँदा आफ्नो गुनासो सम्बोधन गर्नुको सट्टा सत्ता र शक्तिको दुरुपयोग गरी आफूलाई २५ दिन हिरासतमा राखेको आरोप लगाएका छन् ।

उनले भने, ‘शान्तिसिंह थापाविरुद्ध मैले उजुरी हालेको छु । २०७९ तिर ममाथि किर्ते कागजको मुद्दा हाल्नु भएको थियो । उतिबेला म न्यायाधीश भुवन गिरीबाट अन्यायमा परे भनेर सर्वोच्चमा गएको बेलामा उहाँले मेरो आवाज बन्द गर्नको लागि मेरो विरुद्धमा एउटा कागज किर्ते गरेको भनेर सत्ता र शक्तिको प्रयोगको गरी मलाई २५ दिन हिरासतमा बसाउनु भयो । मैले अहिले पूर्ण रुपमा सफाई पनि पाइसकेको छु ।’

प्रश्तावित न्यायाधीश पोखरेल र श्रीकान्त पौडेलविरुद्ध दुई÷दुई वटा उजुरी परेको थियो भने अर्का प्रश्तावित न्यायाधीश थापाविरुद्ध एउटा उजुरी परेको थियो । उजुरीकर्तासँगको छलफल सकिएसँगै समितिले अगामी आईतवार सर्वोच्च अदालतका लागि प्रश्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको संसदीय सुनुवाई गर्ने निर्णय गरेको छ ।


प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?