Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

प्रश्तावित सर्वोच्चका न्यायाधीशविरुद्धका उजुरीकर्तासँग समितिले गर्यो छलफल, सुनुवाई आईतवार


काठमाडौं। संसदीय सुनुवाई समितिले शुक्रवार प्रश्तावित सर्वोच्च आदालतका तीन न्यायाधीशविरुद्ध उजुरीकर्ताहरुसँग छलफल गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाविरुद्ध उजरी दिएका उजुरीकर्ताहरुसँग छलफल गरेको हो । बैठकमा उजुरीकर्ता मनोजकुमार क्षेत्रले प्रश्तावित न्यायाधीश पोखरेलले सार्वजनिक बाटो मास्न किर्ते कागजात तयार पारेको आरोप लगाए । उजुरीकर्ता श्रेष्ठले पोखरेलकै प्रभावमा उक्त कागजात किर्ते नरहेको जिल्ला अदालत काठमाडौंले ठहर गरेको दाबी समेत गरे । उनले उक्त विषयमा नेपाल कानुन व्यवसायी परिषद्मा उजुरी गरेकोमा क्षेत्राअिधकार नरहेको भन्दै आफूलाई सम्बोधन गरेर पत्र लेखेको बताए ।

प्रश्तावित न्यायाधीश शान्तिसिंह थापाविरुद्ध उजुरीकर्ताले जिल्ला अदालत बाँकेका एक कर्मचारीले गलत आशय र आचारणले मुद्दा लगाई फसाउने उद्देश्य राखेकाले कारबाहीका लागि निवेदन गरेकोमा थापाले प्रक्रिया अघि नबढाएको आरोप उजुरीमा लगाएका छन् । उजुरीकर्ता आरती रावलले उच्च अदालत दिपालयको मुख्य न्यायाधीश रहँदा आफ्नो गुनासो सम्बोधन गर्नुको सट्टा सत्ता र शक्तिको दुरुपयोग गरी आफूलाई २५ दिन हिरासतमा राखेको आरोप लगाएका छन् ।

उनले भने, ‘शान्तिसिंह थापाविरुद्ध मैले उजुरी हालेको छु । २०७९ तिर ममाथि किर्ते कागजको मुद्दा हाल्नु भएको थियो । उतिबेला म न्यायाधीश भुवन गिरीबाट अन्यायमा परे भनेर सर्वोच्चमा गएको बेलामा उहाँले मेरो आवाज बन्द गर्नको लागि मेरो विरुद्धमा एउटा कागज किर्ते गरेको भनेर सत्ता र शक्तिको प्रयोगको गरी मलाई २५ दिन हिरासतमा बसाउनु भयो । मैले अहिले पूर्ण रुपमा सफाई पनि पाइसकेको छु ।’

प्रश्तावित न्यायाधीश पोखरेल र श्रीकान्त पौडेलविरुद्ध दुई÷दुई वटा उजुरी परेको थियो भने अर्का प्रश्तावित न्यायाधीश थापाविरुद्ध एउटा उजुरी परेको थियो । उजुरीकर्तासँगको छलफल सकिएसँगै समितिले अगामी आईतवार सर्वोच्च अदालतका लागि प्रश्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको संसदीय सुनुवाई गर्ने निर्णय गरेको छ ।


प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?