Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

संस्कृत भाषा शासन पद्धति, जीवन दर्शन र सामाजिक संरचनाको मूल श्रोत होः मन्त्री पाण्डे


काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृत भाषा मात्रै नभइ साहित्य, शासन पद्धति, जीवन दर्शन र सामाजिक संरचनाको मूल श्रोत भएको बताएका छन् ।

१९ औं विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा रहेका पर्वत, नदी, हिमालय भौगोलिक वातावरण साधक र तपस्वीहरु र महिर्षिहरुको लागि महत्वपूर्ण रहेको बताए । उनले नेपालको पशुपति लगायतका विभिन्न स्थानहरुमा संस्कृतिका मन्त्रहरु गुञ्जिने भन्दै उनले विश्वबाट आएका संस्कृत विद्वानहरुलाई अवलोकनको आग्रह गरे । नेपालमा वैदिक संस्कारअन्तर्गतका विविधि संस्कृतिहरु रहेको मन्त्री पाण्डेको भनाइ छ ।

उनले भने, ‘संस्कृत भाषा मात्रै होइन । साहित्य, शासन पद्धति, जीवन दर्शन, सामाजिक संरचनाको मूल श्रोत हो । यहाँ रहेका पर्वत, नदी, हिमालय, भौगोलिक वातावरण साधक र तपस्वीहरुका लागि र महिर्षिहरुको लागि ज्ञानको भूमि हो । विश्वबाट उपस्थित हुनुभएका उपकुलपति, प्राध्यापकहरु, सम्मेलनमा सहभागी सबैलाई नेपालको बसाई सुभमय हुनेछ भन्ने मेरो विश्वास छ । यस पावन अवसरमा सबैले नेपालको भ्रमण गरेर सांस्कृतिक स्थलहरुको अवलोकन गर्न सक्नुहुन्छ । नेपालको पशुपति लगायतका विभिन्न स्थानहरुमा संस्कृतिका मन्त्रहरु सुन्न सक्नुहुन्छ । नेपालमा वैदिक संस्कारअन्तर्गतका विविधि संस्कृतिहरु रहेका छन् ।’

वेदव्यास, कपिलमुनी, पाणिनी, वाल्मिकी, याज्ञवल्क्य र जनकआदिको जन्म नेपालमै भएको बताए ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?