Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

संस्कृत भाषा शासन पद्धति, जीवन दर्शन र सामाजिक संरचनाको मूल श्रोत होः मन्त्री पाण्डे


काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृत भाषा मात्रै नभइ साहित्य, शासन पद्धति, जीवन दर्शन र सामाजिक संरचनाको मूल श्रोत भएको बताएका छन् ।

१९ औं विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा रहेका पर्वत, नदी, हिमालय भौगोलिक वातावरण साधक र तपस्वीहरु र महिर्षिहरुको लागि महत्वपूर्ण रहेको बताए । उनले नेपालको पशुपति लगायतका विभिन्न स्थानहरुमा संस्कृतिका मन्त्रहरु गुञ्जिने भन्दै उनले विश्वबाट आएका संस्कृत विद्वानहरुलाई अवलोकनको आग्रह गरे । नेपालमा वैदिक संस्कारअन्तर्गतका विविधि संस्कृतिहरु रहेको मन्त्री पाण्डेको भनाइ छ ।

उनले भने, ‘संस्कृत भाषा मात्रै होइन । साहित्य, शासन पद्धति, जीवन दर्शन, सामाजिक संरचनाको मूल श्रोत हो । यहाँ रहेका पर्वत, नदी, हिमालय, भौगोलिक वातावरण साधक र तपस्वीहरुका लागि र महिर्षिहरुको लागि ज्ञानको भूमि हो । विश्वबाट उपस्थित हुनुभएका उपकुलपति, प्राध्यापकहरु, सम्मेलनमा सहभागी सबैलाई नेपालको बसाई सुभमय हुनेछ भन्ने मेरो विश्वास छ । यस पावन अवसरमा सबैले नेपालको भ्रमण गरेर सांस्कृतिक स्थलहरुको अवलोकन गर्न सक्नुहुन्छ । नेपालको पशुपति लगायतका विभिन्न स्थानहरुमा संस्कृतिका मन्त्रहरु सुन्न सक्नुहुन्छ । नेपालमा वैदिक संस्कारअन्तर्गतका विविधि संस्कृतिहरु रहेका छन् ।’

वेदव्यास, कपिलमुनी, पाणिनी, वाल्मिकी, याज्ञवल्क्य र जनकआदिको जन्म नेपालमै भएको बताए ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?