Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

प्रहरी संगठनलाई राजनीतिक प्रभावमुक्त बनाउन आवश्यकः सांसद गिरी


काठमाडौ। नेकपा (एमाले) का सांसद पदम गिरीले प्रहरी संगठनलाई राजनीतिक प्रभावमुक्त बनाउन आवश्यक रहेको बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गिरीले यस्तो बताएका हुन् । उनले प्रहरीलाई स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्न राजनीतिक तहबाट वातावरण नबनेको उनको टिप्पणी छ । राजनीतिक हस्तक्षेपका कारण प्रहरी संगठन दबाबमा रहेको कारण अपराध अनुसन्धान र शान्ति सुरक्षामा बाधा पुगेको सांसद गिरीको भनाइ छ । उनले प्रहरी संगठन सिमित स्रोत र साधनका बाबजुद पनि मुलुकको शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान दिइरहेको पनि बताए । उनले अब बन्ने ऐनले राजनीतिक पहुँच बिना पनि प्रहरी अधिकृतहरूको सरुवा र बढुवा पारदर्शी ढंगले हुने प्रावधान राख्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपाल प्रहरी अहिले सिमित स्रोत र साधनका बाबजुद पनि मुलुकमा शान्ती सुरक्षा कायम गर्ने सवालमा, अपराध नियन्त्रण गर्ने सवालमा जति योगदान गरेको छ । त्यो निकै महत्वपूर्ण छ । दक्षिण एशियामै अपराध नियन्त्रणका लागि नेपाल प्रहरीलाई अब्बल नै मान्ने गरिन्छ । यस अर्थमा हामी सन्तोष व्यक्त गर्नसक्छौँ । यद्यपि अहिले यो संगठनले जुन स्रोत र साधन तथा जनशक्तिको सिमाभित्र बसेर काम गरिरहेको छ यो निकै चुनौतीपूर्ण छ । प्रहरीलाई स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्ने, शान्ती सुरक्षा कायम गर्ने कुरामा केन्द्रित भएर लागनका निम्ति हामीले राजनीतिक तहबाट जस्तो खालको वातावरण दिनुपथ्र्यो त्यस्तो दिन सकेका छौँ जस्तो लाग्दैन । राजनीतिको प्रत्यक्ष प्रभावमा प्रहरी संगठन रहने, राजनीतिक देउपेचको कोपभाजनमा पहिले कोही पर्यो भने प्रहरीहरु पर्ने अवस्था छ । त्यसले वास्तवमा अपराध अनुसन्धानमा र शान्ती सुरक्षा कायम गर्ने सवालमा वाधा उत्पन्न गरेका अनुभवहरु छन् । अब बन्ने ऐनले प्रहरीले माथिल्लो तहमा बढुवा लागि राजनीतिक दलका नेताहरुको घरमा धाउनुपर्ने र आफ्नो ओहोदा र जिम्मेवारीका साथ महिनौँदेखि तयारीका साथ गुण्टा कसेर हिँड्नुपर्ने परिस्थितिको अन्त्य हुने गरी पारदर्शी तरिकाको सरुवा बढुवाको प्रबन्ध गर्न सक्नुपर्छ ।’

बन्दै गरेको ऐनले प्रहरी अधिकारीले बढुवा हुनको लागि नेताको घर धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: ११ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?