Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

बेपत्ताका परिवार भन्छन्ः ‘राज्यले पटक पटक ठग्यो’


काठमाडौँ। सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यले राज्यले संक्रमणकालीन न्याय दिनुको सट्टा पटक पटक ठगेको गुनासो गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित ‘संक्रमणकालीन न्यायमा पीडित र सरोकारवालाका सवालहरु’ विषयक कार्यशालामा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारीहरुलाई उनीहरुले सरकारले आफ्ना मागहरुको पटक पटक उपेक्षा गरेको गरेको गुनासो सुनाएका हुन् । संक्रमणकालीन न्याय टुंग्याउने नाममा राज्यले पटक पटक पीडितको घाउ कोट्याउने काम गरेको उनीहरुको भनाइ छ । द्वन्द्वपीडितहरुले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगप्रति समेत असन्तोष व्यक्त गर्दै आयोग पदाधिकारीलाई न्याय दिन नसक्ने भए राजीनामा दिन आग्रह गरे । कार्यक्रममा बोल्दै शंकर बुढाथोकीले आयोगका पदाधिकारीमा काम गर्ने क्षमता र द्वन्द्वबारे केही ज्ञान नभएको भन्दै कसरी पीडितलाई न्याय दिनुहुन्छ भन्दै प्रश्न गरे । द्वन्द्वपीडितहरु २० वर्ष अरु धैर्य गर्न तयार रहेको उल्लेख गर्दै काम गर्नसक्ने मान्छेका लागि जिम्मेवारी छाड्न उनको आग्रह छ ।

उनले भने, ‘तपाईहरुले एउटा सहयोग गर्नुस् पीडितहरुलाई त्यो एकदमै ठुलो सहयोग हुनेछ । त्यो सहयोग के हो भने तपाईहरुलाई काम गर्ने क्षमता छैन , द्धन्द्धको विषयमा केही थाहा छैन तपाईहरुले कसरी पीडितहरुलाई न्याय दिनुहुन्छ ? त्यसैले तपाईहरुले आजै राजीनामा दिएर सहयोग गर्नुस् पीडितहरुलाई, ठुलो सहयोग हुनेछ । त्यहाँ कम्तिमा गर्नसक्ने मान्छे आउनेछ, उसले कुनै दिन गर्ला । २० वर्ष पर्खिसक्यौँ अझै २० वर्ष पर्खन सक्छन् पीडितहरु ।’

पीडित केशव खनालले आयोगलाई पीडितहरुले आलोचनात्मक समर्थन गरेको बताए । उनले सबै द्वन्द्वपीडितलाई एउटै वर्गभित्र समावेश गर्न खोजिएको भन्दै आपत्ति समेत जनाए । उनले बेपत्ता पारिएका कर्मचारीका परिवारलाई सेवा सुविधा दिन माग गरे । उनले आयोगले गठन गर्न लागेको कोषको रकम अनुसन्धानको नाममा दुरुपयोग हुनसक्ने भन्दै त्यसलाई पीडितका लागि मात्रै प्रयोग गर्नुपर्ने धारणा राखे ।

उनले भने, ‘यो आयोगलाई हामीले आलोचनात्मक समर्थन गरेका छौँ । हामी द्धन्द्धपीडित पनि धेरै किसिमका छौँ । कार्यक्रम सञ्चालन गर्दा पनि तपाईहरुले यो कुरामा ध्यान दिनुपर्ने थियो । यस्तो नभएको कारण पीडितका पीडामाथि पनि खेल्न ओजिएको हो कि जस्तो महसुश भएको छ । त्यसकारण ऐन बनाउँदाखेरी पनि पीडिको क्याटेगोरी छुट्याउनुपर्छ भन्ने मान्छे हामी हौँ । तर ऐन बनेर आइसक्दा पनि आयोगले यो गम्भिरयर्ता नबुझेकोमा दुःख लागेको छ । आयोगको कोष निर्माण गर्ने भनिएको छ । कोषको रकमबाट तलबभत्ता, कार्यालय सञ्चालन लगायतका काम गर्न नपाउने व्यवस्था गर्नुपर्छ । सबैभन्दा धेरै दुरुपयोग हुनसक्ने भनेकै अनुसन्भधानको नाममा त्यो कोषको रकम हो । अन्य खर्च व्यवस्थापन राज्यको जिम्मेवारी हो । त्यसका लागि छुट्टै व्यवस्था गर्नुपर्छ ।’

कार्यक्रममा उपस्थित अधिकांश पीडितहरुले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको कार्ययोजना सार्वजनिक गर्न माग गरेका छन् । पीडितहरूले आयोगले क्षतिपूर्तिको सुनिश्चितता र दोषीमाथि कडा कारबाहीको माग गरे ।

एक पीडितले भने, ‘राज्यले पीडितलाई न्याय देओस् । यो राज्यले हामीलाई ठगेको छ । मेरो बुवाले अनिवार्य अवकाश नजहुँदासम्मको सेवा सुविधा हामीले पाउनुपर्छ । किनभने उहाँ आफैं हराएको हो र ? राज्य र विद्रोहतर्फबाट बेपत्ता भनरे कपित धेरै मुद्दाहरु आज प्रमाणित गरेको छ । अदालतले मेरो बुवा मारेको प्रमाणित गरेको भएपनि सरकारले आधिकारिक पत्र दिएन । सरकारले आधिकारिक पत्र दिएपछि मात्र हाम्रो प्रक्रिया शुरु हुन्छ ।’

संक्रमणकालीन न्याय प्रक्रियामा ढिलाइ नगर्न र पीडितकेन्द्रित नीति अवलम्बन गर्न उनको आग्रह छ । सरकारले संक्रमणकालीन न्या टुंग्याउन भन्दै समय समयमा आयोग गठन गर्ने र भत्काउने गरेकोमा पनि उनीहरुको असन्तुष्टि छ ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?