Trending
>>   म्यानमारको अन्तर्राष्ट्रिय अटो एक्स्पोमा चिनियाँ ईभीहरूको बाहुल्यता >>   एयर चाइनाद्वारा बेइजिङ—ताश्कन्दबीच सिधा उडान शुरु >>   हङकङमा आँधीको चेतावनी जारी >>   टर्किएमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३३ घाइते >>   साउनको पहिलो सोमवार आज, पशुपतिमा भक्तजनको भीड (तस्बिरसहित) >>   वातावरण संरक्षणका लागि लायन्स ३२५ एम को वृहत् फलफूलजन्य वृक्षारोपण कार्यक्रम >>   मौसम : यी प्रदेशमा आज मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ०५ गते सोमबार >>   चालु आर्थिक वर्ष १ सय २० वटा कानून निर्माण गर्ने सरकारको लक्ष्य >>   एन्फा युथ लिगमा शिर्षमा उक्लियो संकटा, मनाङको पहिलो हार
Logo
५ श्रावण २०८२, सोमबार
५ श्रावण २०८२, सोमबार

इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षामा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण


काठमाडौँ। राष्ट्रिय सभामा नेकपा (एमाले) की संसदीय दलकी नेता भगवती न्यौपानेले इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले इजरायल र इरानबिच द्वन्द्व चलिरहेको बताउँदै इजरायलमा लगभग ७ हजार र इरानमा एक दर्जन नेपालीहरू रहेको तथ्याङ्क सार्वजनिक भएको बताईन्। उनले सरकारले नेपालीहरूको सुरक्षाको निम्ति ध्यान दिने विषयमा पहलकदमी र चासो देखाएको बताउँदै श्रम मन्त्रालयको आयोजनामा सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूलाई राखेर बैठक समेत बसेको बताएकी छिन् । उनले इजरायलको तेलअभिवस्थित नेपाली दूतावासले नेपालीहरूको विवरण सङ्कलन गरिरहेको बताउँदै फर्किन चाहने नेपालीलाई फर्काउने र त्यहीँ रहनेहरूको सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराईन् ।

उनले भनीन्, “इजरायल र इरानको द्वन्द्वमा हाम्रा नेपाली मजदुरहरू, इजरायलमा लगभग ७ हजार र इरानमा एक दर्जन नेपालीहरू रहेको तथ्याङ्क सार्वजनिक भएको छ । सरकारले नेपालीहरूको सुरक्षाको निम्ति ध्यान दिने विषयमा मैले समाचार सुने, केही पहलकदमी पनि लिएको छ, चासो देखाएको छ । श्रम मन्त्रालयको आयोजनामा सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूलाई राखेर बैठक बसेको छ । तेलअभिवस्थित नेपाली दूतावासले नेपालीहरूको विवरण सङ्कलन गरिरहेको छ । म जोड दिएर भन्न चाहन्छु, नेपाल सरकारले नेपालीहरूको सुरक्षामा ध्यान देओस् । आउन चाहने नेपालीहरूलाई ल्याउने व्यवस्था गरियोस्, त्यहाँ रहनेहरूको लागि सुरक्षाको व्यवस्था होस् भन्ने कुरामा म जोड दिन चाहन्छु ।”

उनले मानव स्वास्थ्यलाई ध्यान नदिई मानव पूँजीमा विकास गर्न नसकिने भन्दै नागरिकको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्न सरकारलाई ध्यानाकर्षण गराईन् ।


प्रकाशित मिति: ५ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?