Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

एयर चाइनाद्वारा बेइजिङ—ताश्कन्दबीच सिधा उडान शुरु


एजेन्सी। चिनियाँ वाहक एयर चाइनाले बेइजिङ र उज्वेकिस्तानको राजधानी ताश्कन्द बीचको आफ्नो पहिलो सिधा उडान रुट शुरु गरेको छ ।

उद्घाटन उडान ताश्कन्द अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । ताश्कन्दमा एयर चाइनाको प्रतिनिधि ली गुआङपिङले नयाँ रुटले अर्थतन्त्र, व्यापार, संस्कृति र पर्यटनको क्षेत्रमा चीन र उज्बेकिस्तानबीच आदानप्रदान र सहयोगलाई प्रवद्र्धन गर्ने बताए । यसले दुई देशहरू बीचको जनता–जनताको आदानप्रदान र स्रोतहरूको प्रवाहको लागि अझ सुविधाजनक र कुशल हवाई कोरिडोर पनि प्रदान गर्ने विश्वास लिइएको छ ।

उज्बेकिस्तान एयरपोर्ट ह्यान्डलिङका प्रथम उपनिर्देशक उमिद खामरायभले नयाँ हवाई कोरिडोरले दुई देशहरू बीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउन मद्दत गर्ने र पर्यटन र आर्थिक तथा व्यापारिक सम्बन्धको विकासमा योगदान पुर्योउने बताए ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?