Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

पलायनको मनस्थितिमा रहेको नयाँ पुस्तालाई जागृत गर्न जरुरीः मन्त्री पाण्डे


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले देशभित्रको निराशा चिर्दै नयाँ पुस्तालाई जागृत गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६८ औँ जन्मोत्सवको अवसरमा काठमाडौंमा काठमाडौंमा आयोजित कवि गोष्ठी तथा स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले युवापुस्तामा देखिएको पलायनको मनस्थिति रोक्न जरुरी रहेको बताएका छन्। ‘केही हुँदैन यो देशमा’ भन्ने भाष्यले युवा पुस्तामा निराशा थपिएको उल्लेख गर्दै मन्त्री पाण्डेले साहित्यको माध्इमबाट समेत उनीहरुमा जागरण ल्याउन जरुरी रहेको बताए । उनले नेपालमा गृहयुद्ध वा वाह्य शत्रुताको खतरा नरहेको कारण कोही पनि निराश हुनुपर्ने आवश्यकता नरहेको बताए ।

उनले भने, ‘नयाँ पुस्तालाई अहिले जगाउनु एकदमै जरुरी छ । उनीहरु पलायन हुने मनस्थितिमा छन् । हामीले बडो निराश बनाएका छौँ । केही हुदैन यो देशमा भनिरहेका छौँ । यो निराशालाई चिर्ने कुरामा हामीले नयाँ पुस्तालाई जागृत गर्न जरुरी छ । हाम्रो देश ढलेको छैन, युद्धको चपेटामा परेर चौपट भएको छैन । कुनै गृह युद्ध छैन, कुनै देशसँग शत्रुता पनि छैन । खालि हामीले उनस्ीहरुसँग डिल गर्न मात्रै जान्नुपर्यो । नहुने कुरा हुन सक्दैन भन्नुपर्यो र हुने कुरा हार्दिकतापूर्वक हुन्छ भन्नुप¥यो । संसारभरी हाम्रो शत्रु भन्ने कोही पनि छैन । हामीसँग धेरै सम्भावना पनि छन् । धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन तथा प्राकृतिक पर्यटनका धेरै सम्भावनाहरु छन् । नेपालको भूगोल, जल र वन सम्पदाहरुको सदुपयोग गर्नको लागि समन्वयात्मक क्षमता वृद्धि गर्न जरुरी छ । यसको लागि राजनीतिक दल, राजनीतिज्ञ लगायतलाई जागृत गर्न यस्ता कवि गोष्ठीहरु महत्पूर्ण हुन्छन् ।’

मन्त्री पाण्डेले धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनका असिमित सम्भावना रहेको र तिनको समुचित सदुपयोग गर्न समन्वयात्मक क्षमताको विकास आवश्यक भएको बताए ।


प्रकाशित मिति: ५ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?