Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

पलायनको मनस्थितिमा रहेको नयाँ पुस्तालाई जागृत गर्न जरुरीः मन्त्री पाण्डे


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले देशभित्रको निराशा चिर्दै नयाँ पुस्तालाई जागृत गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६८ औँ जन्मोत्सवको अवसरमा काठमाडौंमा काठमाडौंमा आयोजित कवि गोष्ठी तथा स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले युवापुस्तामा देखिएको पलायनको मनस्थिति रोक्न जरुरी रहेको बताएका छन्। ‘केही हुँदैन यो देशमा’ भन्ने भाष्यले युवा पुस्तामा निराशा थपिएको उल्लेख गर्दै मन्त्री पाण्डेले साहित्यको माध्इमबाट समेत उनीहरुमा जागरण ल्याउन जरुरी रहेको बताए । उनले नेपालमा गृहयुद्ध वा वाह्य शत्रुताको खतरा नरहेको कारण कोही पनि निराश हुनुपर्ने आवश्यकता नरहेको बताए ।

उनले भने, ‘नयाँ पुस्तालाई अहिले जगाउनु एकदमै जरुरी छ । उनीहरु पलायन हुने मनस्थितिमा छन् । हामीले बडो निराश बनाएका छौँ । केही हुदैन यो देशमा भनिरहेका छौँ । यो निराशालाई चिर्ने कुरामा हामीले नयाँ पुस्तालाई जागृत गर्न जरुरी छ । हाम्रो देश ढलेको छैन, युद्धको चपेटामा परेर चौपट भएको छैन । कुनै गृह युद्ध छैन, कुनै देशसँग शत्रुता पनि छैन । खालि हामीले उनस्ीहरुसँग डिल गर्न मात्रै जान्नुपर्यो । नहुने कुरा हुन सक्दैन भन्नुपर्यो र हुने कुरा हार्दिकतापूर्वक हुन्छ भन्नुप¥यो । संसारभरी हाम्रो शत्रु भन्ने कोही पनि छैन । हामीसँग धेरै सम्भावना पनि छन् । धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन तथा प्राकृतिक पर्यटनका धेरै सम्भावनाहरु छन् । नेपालको भूगोल, जल र वन सम्पदाहरुको सदुपयोग गर्नको लागि समन्वयात्मक क्षमता वृद्धि गर्न जरुरी छ । यसको लागि राजनीतिक दल, राजनीतिज्ञ लगायतलाई जागृत गर्न यस्ता कवि गोष्ठीहरु महत्पूर्ण हुन्छन् ।’

मन्त्री पाण्डेले धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनका असिमित सम्भावना रहेको र तिनको समुचित सदुपयोग गर्न समन्वयात्मक क्षमताको विकास आवश्यक भएको बताए ।


प्रकाशित मिति: ५ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?