Trending
>>   हिमालको संरक्षण र आदिवासी जनजातिका आवश्यकता सम्बोधन गर्न सरकार प्रतिवद्ध छः मन्त्री पाण्डे >>   काँग्रेसले खुट्टा डग्मगाए आदिवासी–जनाजातिका मुद्दा सकिन्छन्ः महामन्त्री थापा >>   आदिवासी जनजातिहरुलाई बढी भन्दा बढी पार्टीमा आवद्ध गराउनुपर्छः सभापति देउवा >>   गत आर्थिक वर्षमा ८ लाख ३९ हजार नेपालीले लिए वैदेशिक रोजगारका लागि श्रम स्वीकृति >>   सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल >>   महिला कबड्डी विश्वकपमा पदक जितेर फर्कन्छौं– कप्तान मानमति बिष्ट >>   वामदेवको दाबीः मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन >>   सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता >>   सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्नु आजको आवश्यकताः झलनाथ खनाल >>   एमालेसँग एकताको कुनै सम्भावना छैनः माधव नेपाल
Logo
३ श्रावण २०८२, शुक्रबार
३ श्रावण २०८२, शुक्रबार

बजेटले दीर्घकालिन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको छः सांसद कार्की


काठमाडौँ। नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी बजेटले दीर्घकालिन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा “आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै सांसद कार्कीले बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त रहेको बताएका हुन् । उनले उच्च, दिगो एवं फराकिलो आर्थिक वृद्धिदर हासिल गरी गरिबी निवारण, उद्यमशीलता, विकास र सार्वजनिक तथा निजी लगानी विस्तारलाई बजेटले उद्देश्यमा राखेको बताएका छन् । लक्ष्य र आकांक्षाहरु प्राप्त गर्न त्यति सहज नभएपनि नेपालको राजनीतिमा गहिरो प्रभाव पार्ने दुई ठूला दलले निर्माण गरेको सरकारले ल्याएको बजेट यथार्थमा उभिएका हुनाले जनताका आकांक्षाहरु परिपूर्ति गर्नका निमित्त समयवद्ध र चरणवद्ध हिसावले अगाडि बढेको सांसद कार्कीको दाबी छ ।

उनले भने, ‘मेरो विचारमा यो बजेटले मुलुकको वर्तमान आर्थिक यथार्थता, जनअपेक्षा र दीर्घकालिन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको छ । यो बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त छन् भन्ने धारणा म यहाँ राख्न चाहन्छु । बजेटले उद्देश्यमा राखेको छ– उच्च, दीगो एवं फराकिलो आर्थिक बृद्धिदर हासिल गरि गरिबी निवारण गर्ने, उद्यमशीलता, विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने । प्राथमिकतामा बजेटले राखेको छ– उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारको रुपमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणस्तरात्मक सुधार यी कुराहरु लक्ष्य र प्राथमिकताका रुपमा राखेको छ । यी लक्ष्यहरु हाम्रा देशका आकांक्षाहरु हुन् र यिनिहरुलाई प्राप्त गर्न त्यति सहज छैन । नेपालको राजनीतिमा गहिरो प्रभाव पार्ने दुई ठूला दल काँग्रेस र एमालेले निर्माण गरेको यो सरकार जो स्थिरता र विकासका निमित्त अग्रसर छ त्यो सरकारले ल्याएको बजेट यथार्थमा उभिएको हुनाले जनताका आकांक्षाहरुलाई परिपूर्ति गर्नका निमित्त समयवद्ध हिसावले, चरणबद्ध हिसावले अगाडि बढेको हुनाले बजेटको समर्थन गर्न चाहन्छु । बजेटले निर्धारण गरेको उद्देश्य र लक्ष्य निर्धारण त्यति सहज छैन । हाम्रो मुलुकको अर्थतन्त्रले भोगेको समस्याहरु यथावत छन् न्यून आर्थिक बृद्धिदर, उच्च बेरोजगारी, बाह्य घाटा यथावत छन् । राजश्व असुलीको समस्या यथावत छ । पूँजीगत खर्च गर्नेकुरा यथावत छ । यी कुराहरुलाई प्रतिबद्धतामात्र हैन कार्यान्वयन गरेर नदेखाउँदासम्म तबसम्म मुलुक र बजेटले हासिल गर्ने लक्ष्य हो त्यो लक्ष्य प्राप्त गर्न कठिनाइ हुन्छ । त्यसैले अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउँछु कि– अहिलेको बजेट कार्यान्वयनतर्फ अर्थमन्त्री र सरकारको ध्यान जानु जरुरी छ । बजेटलाई परिणाममुखी बनाउन बिनियोजन क्षमता, कार्यान्वयन क्षमता र जवाफदेहीता र नीतिगत हस्तक्षेपका निमित्त अर्थमन्त्रीले समयमै मूल्यांकन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । त्यसतर्फ अर्थमन्त्रीको गम्भीर ध्यान जाओस् ।’

उनले बजेटलाई परिणामुखी बनाउन विनियोजन क्षमता, कार्यान्वयन क्षमता र जवाफदेहीता र नीतिगत हस्तक्षेपका निमित्त अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।


प्रकाशित मिति: २ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?