Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

३० वर्षमाथिका विवाहित जोडी मध्ये ७३ प्रतिशत नेपालीमा यौन दुर्बलता


काठमाडौँ। ८४ प्रतिशत पुरुषहरु यौन सम्बन्ध राखेपनि सन्तुष्ट छैनन्। नेपालमा ३० वर्ष भन्दा माथिका विवाहित जोडीमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको अध्ययनले देखाएको छ ।

सोमवार काठमाडौंमा सार्वजनिक गरिएको एक अध्ययनले ३० वर्ष भन्दा माथिका विवाहित जोडीहरुमा यो समस्या बढी रहेको देखाएको हो । त्यसमा पनि ३२ देखि ३९ वर्ष उमेर समूहका मानिसहरुको संख्या बढी रहेको छ । नेपालमा ३० वर्षमाथिका विवाहित जोडीहरुमध्ये ७३.७ प्रतिशतमा यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ । ३० वर्षमाथिका ७२ प्रतिशत पुरुषमा यौन दुर्बलताको समस्या रहेको छ भने ३० वर्षमाथिका ६७ प्रतिशतमा महिलाहरुमा यो समस्या दखिन्छ । कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता डा. खेम कार्कीले कुल यौन दुर्बलता भएकामध्येमा सेक्सुअल डिजायर कम्परमाइज (यौन इच्छा दबाउने) हुनेहरुको संख्या ९२ प्रतिशत रहेको बताए । उनले कुल यौन दुर्बलता भएकाहरुमध्ये महिलालाई अराउजल (उत्तेजना नहुने) समस्या ९४ प्रतिशत रहेको बताएका छन् । ८४ प्रतिशत पुरुषहरु यौन सम्बन्ध राखेपनि सन्तुष्टि हुन नसकेको अध्ययनले देखाएको बताए ।

उनले भने, ‘विश्वस्तरमा यौन दुर्बलताको स्थिति हेर्दा झन्डै झन्डै आधा जनसंख्या ४३ प्रतिशत पुरुष र ४९ प्रतिशत महिलामा यौन दुर्बलता भएको देखिन्छ । एशियन देशहरुमा अरु क्षेत्रको भन्दा अझ बढी छ । मलेसियामा ६९, सिंगापुरमा ७३ प्रतिशत, हङकङ्गमा ६४ प्रतिशतसम्म छ पुरुषहरुमा भने महिलामा सिंगापुरमा महिलामा ५६ प्रतिशत देखिएको छ । नेपालमा हामीले क्लिनिकल हस्पिटल स्टडिजहरु गर्दा ७३.७ प्रतिशतसम्मको यौन दुर्बलता रहेको पाएका छौँ । क्लिनिकल हस्पिटल स्टडिजहरु हेर्दा जनसंख्यावेशमा यसको स्थिति के छ भनेर पपुलेशन बेसमा यो स्टडी गरेका हौँ । विशेष गरी ३० वर्ष भन्दा माथिका विवाहित जोडीहरुमा हामीले हरेका हौँ । यौन प्रवलता बढाउन हामीले के सुझाव दिने भन्ने पनि अध्ययन गरेका छौँ । यसमा ३२ देखि ३९ वर्ष उमेर समूहका मानिसहरुको संख्या बढी छ । ३० वर्षमाथिका ७२ प्रतिशत पुरुषमा यो समस्या रहेको छ । त्यस्तै ३० वर्षमाथिका ६७ प्रतिशतमा महिलाहरुमा यो समस्या दखिन्छ । समग्रमा ६८ प्रतिशत भन्न सकिन्छ । टोटल यौन दुर्बलता भएकामध्येमा सेक्सुअल डिजायर कम्परमाइज हुने भनेको ९२ प्रतिशत छ । महिलालाई अराउजलको समस्या ९४ प्रतिशत रहेको छ । ९४ प्रतिशत महिलामा यौनको उत्तेजना नै नहुने खालको समस्या छ । ८४ प्रतिशत पुरुषहरुले यौन सम्बन्ध राखेपनि सन्तुष्टि हुन सकेका छैनन् ।’

मधेसका महिला र कर्णालीका पुरुषमा सबैभन्दा बढी यौन दुर्बलता

उनका अनुसार प्रदेशगत रुपमा हेर्दा पुरुषहरुमा सबैभन्दा बढी यौन दुर्बलता कर्णाली प्रदेशका पुरुषमा रहेको पाइएको छ । महिलामा सबैभन्दा बढी यौन दुर्बलता मधेस प्रदेशमा रहेको छ । कोशीमा ७८ प्रतिशत पुरुष र ५१ प्रतिशत महिलामा यौन दुर्बलता र ६० प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै मधेस प्रदेशमा ६४ पुरुष, ७३ प्रतिशत महिला र ७३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । वागमतीमा पुरुष ७४, महिला ६४ र ६७ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै गण्डकीमा ७६ पुरुष, ४७ महिला र ५५ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । लुम्बिनीमा ७२ पुरुष, ४१ महिला र ५३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै कर्णालीमा ८२ पुरुष, ७० महिला र ७२ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा ६७ पुरुष, ६३ महिला र ६३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । यो अध्ययन ३० वर्षमाथिका विवाहित जोडीमा गरिएको अध्ययन हो ।

उनले भने , ‘यौन दुर्बलता सबैभन्दा बढी कर्णाली प्रदेशका पुरुषमा रहेको छ । महिलामा सबैभन्दा बढी यौन दुर्बलता मधेस प्रदेशमा रहेको छ । कोशीमा पुरुषमा ७८ र महिलामा ५१ एवं जोडीमा ६० प्रतिशत यौन दुर्बलता रहेको छ । त्यस्तै मधेस प्रदेशमा ६४ पुरुष, ७३ प्रतिशत महिला र ७३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै वागमतीमा पुरुष ७४, महिला ६४ र ६७ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै गण्डकीमा ७६ पुरुष, ४७ महिला र ५५ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । लुम्बिनीमा ७२ पुरुष, ४१ महिला र ५३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै कर्णालीमा ८२ पुरुष, ७० महिला र ७२ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा ६७ पुरुष, ६३ महिला र ६३ प्रतिशत ३० वर्ष माथिको जोडीहरुमा यौन दुर्बलता रहेको छ ।’

अध्ययनअकाअनुसार हिमाली क्षेत्रका पुरुषहरुमा बढी यौन दुर्बलता रहेको छ । हिमाल र पहाड क्षेत्रका महिलाहरुमा करिव उस्तै उस्तै यौन दुर्बलता रहेको पाइएपनि तराईका महिलाहरुमा बढी यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ ।


प्रकाशित मिति: २ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?