Trending
>>   इजरायली सेनाद्वारा सहायताको पर्खाइमा रहेका ७३ प्यालेस्टिनीको हत्या >>   विनाशपछि लेबनानको टायर शहर वातावरणीय नवीकरणको लागि एकजुट >>   अफगानिस्तानमा ७३ लाख बालबालिकालाई लक्षित गरी पोलियो खोप शुरु >>   इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो >>   मौसम : यी तीन प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ०६ गते मंगलबार >>   जलस्रोतको उपयोग र संरक्षणमा जलस्रोत विधेयक अहिलेको अपरिहार्य आवश्यकताः मन्त्री खड्का >>   चाक्सीबारी बैठकको निष्कर्षः सरकारले जनताका काम गरोस्, संविधान संशोधनको प्रक्रिया शुरु होस् >>   संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेताहरुकै कर्म र व्यवहारले कमजोर बनाइरहेको छः उपसभापति गुरुङ >>   मिडियालाई नियन्त्रण गर्ने नभइ स्वतन्त्रता र उत्तरदायित्वको सन्तुलन कायम गर्ने दिशामा विधेयक अगाडि लैजानुपर्छः सांसद…
Logo
६ श्रावण २०८२, मंगलवार
६ श्रावण २०८२, मंगलवार

पश्चिमी मरुभूमिमा नयाँ तेल खानी भेटिएको इजिप्टको घोषणा


एजेन्सी। इजिप्टियन जनरल पेट्रोलियम कर्पोरेशनले पश्चिमी मरुभूमिको अबु सेनान क्षेत्रमा नयाँ तेल खानी खोज गरेको बताएको छ ।

इजिप्टको पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयले आईतवार यो घोषणा गरेको हो । प्रारम्भिक परीक्षण नतिजाहरू अत्यधिक आशाजनक रहेको बताइएको छ। जसले दैनिक उत्पादन दर १ हजार ४ सय ब्यारेल कच्चा तेल र बहरिया संरचनाबाट लगभग दश लाख घन फिट ग्यासको संकेत गर्दछ । तत्काल उत्पादन बाहेक यो खोजले इजिप्टको तेल भण्डारमा पर्याप्त २० लाख पुनः प्राप्ति योग्य ब्यारेल थप्ने अपेक्षा गरिएको छ ।

भूमध्यसागरमा रहेको जोहर ग्यास क्षेत्रसहित हालैका वर्षहरूमा देशमा प्रमुख खोजहरू गरिएपछि इजिप्टले तेल र तरल प्राकृतिक ग्यासको लागि क्षेत्रीय व्यापार केन्द्र बन्ने लक्ष्य राखेको छ । जसले अनुमानित ३० ट्रिलियन घन फिट ग्यास राख्छ ।


प्रकाशित मिति: २ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?