Trending
>>   शशांकको दाबीः पूर्व—पश्चिम राजमार्गको कल्पना विपीको हो >>   भारतमा वर्षासँग सम्बन्धित घटनामा १८ जनाको मृत्यु >>   इजरायली सेनाद्वारा सहायताको पर्खाइमा रहेका ७३ प्यालेस्टिनीको हत्या >>   विनाशपछि लेबनानको टायर शहर वातावरणीय नवीकरणको लागि एकजुट >>   अफगानिस्तानमा ७३ लाख बालबालिकालाई लक्षित गरी पोलियो खोप शुरु >>   इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो >>   मौसम : यी तीन प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ०६ गते मंगलबार >>   जलस्रोतको उपयोग र संरक्षणमा जलस्रोत विधेयक अहिलेको अपरिहार्य आवश्यकताः मन्त्री खड्का >>   चाक्सीबारी बैठकको निष्कर्षः सरकारले जनताका काम गरोस्, संविधान संशोधनको प्रक्रिया शुरु होस्
Logo
६ श्रावण २०८२, मंगलवार
६ श्रावण २०८२, मंगलवार

एयर इण्डिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ७४ पुग्यो


एजेन्सी। गुजरातको अहमदाबाद विमानस्थल नजिकै बिहीवार भएको एयर इण्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ७४ पुगेको छ । जसमा ३३ जनाको जमिनमै मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा मृत्यु भएको पुष्टि भएका २ सय ४१ यात्रु र चालक दलका सदस्यहरू भन्दा बढीको मृत्युले अन्य ३३ जना पीडितहरू अहमदाबादको बीजे मेडिकल कलेजको क्याम्पसमा रहेका व्यक्तिहरू भएको देखाएको छ ।

भारत सरकारले एयर इण्डिया दुर्घटनाको छानविन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । जसको नेतृत्व गृह सचिवले गर्नेछन् र यसमा राज्य र केन्द्र सरकारका सहसचिव पदभन्दा कमका प्रतिनिधिहरू हुनेछन् ।

समितिले तीन महिनाभित्र आफ्नो प्रतिवेदन प्रकाशित गर्नेछ । पश्चिमी भारतीय शहर अहमदाबादबाट लण्डनका लागि उडान भरेको एयर इण्डियाको बोइङ ७८७–८ विमान एआई–१७१ बिहीवार उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो । जसमा २ सय ४१ जनाको मृत्यु भयो भने एक जना मात्र बाँच्न सफल भएका छन् ।


प्रकाशित मिति: १ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?