Trending
>>   विपीले नेपाली जनतालाई रैतीबाट मालिक बनाउनु भयोः दीपक खड्का >>   एकै दिन १ हजार ५ सय भन्दा बढी अफगान शरणार्थी परिवार घर फर्किए >>   शशांकको दाबीः पूर्व—पश्चिम राजमार्गको कल्पना विपीको हो >>   भारतमा वर्षासँग सम्बन्धित घटनामा १८ जनाको मृत्यु >>   इजरायली सेनाद्वारा सहायताको पर्खाइमा रहेका ७३ प्यालेस्टिनीको हत्या >>   विनाशपछि लेबनानको टायर शहर वातावरणीय नवीकरणको लागि एकजुट >>   अफगानिस्तानमा ७३ लाख बालबालिकालाई लक्षित गरी पोलियो खोप शुरु >>   इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो >>   मौसम : यी तीन प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ०६ गते मंगलबार
Logo
६ श्रावण २०८२, मंगलवार
६ श्रावण २०८२, मंगलवार

निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी छः सभामुख घिमिरे


काठमाडौँ। सभामुख देवराज घिमिरेले निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी रहेको बताएका छन् ।

शनिवार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै उनले यस्तो बताए । उनले के गर्दा शासन प्रणालीलाई प्रभावकारी बनाउनसक्छौँ भन्नेबारेमा बहस गर्न जरुरी रहेको बताए । उनले अहिलेको शासन प्रणाली र निर्वाचन प्रणालीका दोषहरुका बारेमा बहस गरेर अघि बढ्न आवश्यक रहेको बताएका छन् । निर्वाचनलाई निष्पक्ष बनाउने, पारदर्शी बनाउने र सबैको उचित खालको सहभागितामुलक ढंगबाट बनाउने, त्यसबाट बनेको जनप्रतिनिधिले आफू शासन प्रणालीमा जाँदा स्थिर र परिणाममुखी ढंगबाट कामहरु गर्ने विधि के हुनसक्छ ? भन्ने विषयमा छलफल चलाउन जरुरी रहेको बताए ।

सभामुख घिमिरेले भने , ‘अब हामी के गर्दा शासन प्रणालीलाई प्रभावकारी बनाउनसक्छौँ । जनमुखी बनाउनसक्छौँ ? यो शासन प्रणालीमा आएका समस्या हुन् की निर्वाचन प्रणालीका दोषहरु हुन् । निर्वाचन प्रणालीका दोषहरु हुन् की निर्वाचन आचारसंहीतासँग गाँसिएका कुराहरु हुन् ? यसलाई प्रयोग गर्ने राजनीतिक दलहरुको भुमिकाको समस्या हो की ? बहुमतीय प्रणालीमा जान सजिलो छ किनभने यसमा लगानी गरेर प्रतिफल प्राप्त गर्न सकिन्छ । त्यसैले पूर्ण समानुपातिकमा जानुपर्छ वा एकल तरिकाहरुमा जानुपर्छ भन्ने जस्ता धेरै बहसहरु चलिरहँदाखेरी हाम्रो छलफल खासगरी निर्वाचन पद्धति र हाम्रा प्रणालीहरुको बारेमा बढी विवेचना हुनुपर्छ । नेपालको सन्दर्भमा हामीले समावेशी बनाउने एउटा महत्वपूर्ण उपलब्धि प्राप्त गरेका छौँ । दुई वटा आवधिक निर्वाचन गरेर त्यसको परिणाम भोगिरहेका छाँै । निर्वाचनलाई निष्पक्ष बनाउने, पारदर्शी बनाउने र सबैको उचित खालको सहभागितामुलक ढंगबाट बनाउने, त्यसबाट बनेको जनप्रतिनिधिले आफू शासन प्रणालीमा जाँदा स्थिर र परिणाममुखी ढंगबाट कामहरु गर्ने विधि के हुनसक्छ ? यो नै आजको छलफलको विषय हो । ’

सभामुख घिमिरेले निार्वचन प्रणालीको बारेमा बहस र छलफल हुन आवश्यक रहेको पनि बताए ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?