
एजेन्सी । भारतका संघीय मन्त्री अमित शाहले बिहीवार पश्चिमी राज्य गुजरातमा भएको विमान दुर्घटनामा एक जना बाँच्न सफल भएको पुष्टि गरेका छन् ।
उनले दुर्घटनाग्रस्त विमानमा १ लाख २५ हजार लिटर इन्धन रहेको पनि बताए । विमानमा २ सय ३० यात्रु र १२ चालक दलका सदस्य रहेको बताए । शाहले एयर इण्डिया विमान दुर्घटनामा मानिसहरूलाई बचाउने प्रयास असफल भएको बताए ।
विमानमा रहेको १ लाख २५ हजार लिटर इन्धनको ज्वलनले तापक्रम अत्यधिक उच्च भएका कारण घाइतेको उद्धारमा कठिनाइ भएको बताएका छन । प्राधिकरणले अहिलेसम्म विमान दुर्घटनामा मृत्यु हुनेको संख्या सार्वजनिक गरेको छैन ।
प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार