
काठमाडौँ। प्रतिपक्षी दलहरुको अवरोध कायमै रहँदा प्रतिनिधि सभाको स्थगित भएको छ ।
भिजिट भिसा प्रकरणमा छानविन समिति गठनको माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध जारी राखेपछि सभामुख देवराज घिमिरेले संसद शुक्रवार १ बजेका लागि स्थगित भएको जानकारी गराए । बिहीवारको सभाको बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलहरुले उठेर विरोध जनाएका थिए।
सभामुख घिमिरेले संसदको गतिरोध अन्त्य गर्न आग्रह गरेपनि प्रतिपक्षी दलहरु टसमस नभएपछि बैठक स्थगित भएको हो । प्रतिपक्षी दलहरुले गत १३ जेठदेखि भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न छानविन आयोग अथवा समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् ।
प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार