Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

पुष्पलाल नेपालको कम्युनिष्ट आन्दोलनको जनकः वेदुराम भुसाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष वेदुराम भुसालले पुष्पलाल श्रेष्ठ नेपालको कम्युनिष्ट आन्दोलनको जनक भएको बताएका छन् ।

बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको पिता भएको बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान अतुलनीय रहेको बताए । नेपालमा माक्र्सवाद प्रवेश गराउने व्यक्ति नै पुष्पलाल भएको बताए ।

उनले भने, ‘कमरेड पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको पिता, नेपाली कम्युनिष्ट आन्दोलनका जनक भनेर बुझ्नुपर्छ । उहाँको योगदानका आधारमा हामीले मूल्यांकन गर्नुपर्छ । पुष्पलाल नै त्यो व्यक्तित्व हुनुहुन्छ, जसले नेपालमा माक्र्सवादको प्रवेश गराउनु भयो । सर्वप्रथम नेपालमा माक्र्सवादको प्रवेश गराउने नेपाली भाषामा माक्र्सवादको व्याख्या गर्ने पहिलो व्यक्ति हो पुष्पलाल । नेपालमा माक्र्सवाद प्रवेश गराउने, माक्र्सवाद साहित्यको सिर्जना शुरुवात गर्ने व्यक्तित्व पनि पुष्पलाल हो ।’

उपाध्यक्ष भुसालले पुष्पलालले शुरु गरेको कामहरु आज पनि अधुरा रहेको बताए । मुलुकलाई समाजवादमा पुर्याउने लक्ष्य, नेपाली समाजको इतिहास नयाँ ढंगले लेख्नुपर्छ भन्ने लक्ष्य आज पनि अधुरो रहेको बताए ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?