Trending
>>   मधेसको खानेपानीको समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैनः प्रधानमन्त्री >>   सरकारले परिणाम आउने गरी काम गर्न सकेनः माधव नेपाल >>   उपेन्द्र यादवको टिप्पणीः कम्युनिष्ट आन्दोलन अब सकियो, कम्युनिष्टमा जन्मकालदेखि नै षड्यन्त्र >>   शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सरकार प्रतिवद्धः प्रधानमन्त्री >>   १ हजार ३१७ किलोमिटर रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न >>   मिसन ०८४ को नेतृत्व ओलीले नै गर्नुपर्छः एमाले नेताहरु >>   सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’ >>   राष्ट्रपति र सभामुखबीचको अन्तर फरक छ, राष्ट्रको गौरवका रुपमा रहेको व्यक्ति कुनै दलमा आवद्ध हुन… >>   वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्रधानमन्त्री >>   संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

शिक्षक र सरकारबीचको सम्झौताअनुसार नै विधेयक पारित हुन्छः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले शिक्षक र सरकारबीचको सम्झौताअनुसार नै विद्यालय शिक्षा विधेयक पारित हुने बताएका छन् ।

बिहीवार नेपाल शिक्षक संघको २४ औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले शिक्षक आन्दोलनको स्मरण गर्दै शिक्षकले विद्यालय र कक्षा कोठामा मात्र नभई सडकमा समेत कसरी प्रश्तुत हुनुपर्छ भनेर विद्यार्थीलाई पाठ सिकाएको बताएका हुन् । उनले नेपाली काँग्रेस विद्यालय शिक्षा विधेयकमा शिक्षकहरुले उठाएको माग सम्बोधन गर्ने विषयमा एकमत रहेको र सहमति र सम्झौताबमोजिम शिक्षा विधेयक पारित गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे । गृहमन्त्री लेखकले प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलभन्दा पनि केही व्यक्तिहरु नियोजित ढंगले राजनीतिक पूर्वाग्रह राखेर सदन अवरोध भइरहेको बताए । उनले सदन सुचारु गर्ने विषयमा छलफल भइरहेकोले सम्झौताअनुसार असार १५ गते नै शिक्षा विधेयक पारित गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने , ‘तपाईंहरुले सडकमा आफ्ना मागहरु उचाल्दै गर्दा हाम्रा पूर्वज र हामीले स्थापना गरेको संघीय गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था र सोही अनुरुप निर्माण गरिएको संविधानलाई नै फेर्ने र फेरि प्रतिगमनतर्फ जाने हिसावले सडकमा आवाज उठीरहेको थियो । शिक्षक आन्दोलनले कुन रुप लिन्छ भन्ने लागिरहेको थियो तर तपाईहरुको आन्दोलन लोकतान्त्रिक, संयमित ढंगले अघि बढेको देख्दा तपाईहरुलाई धन्यवाद दिन चाहन्छु । शिक्षकहरुले विद्यार्थीहरुलाई विद्यालय र कक्षा कोठा भित्रमात्र पढाएका छैनन् । सडकमा पनि कस्तो हुनुपर्छ भनेर शिक्षा दिएका छन् । तपाईहरुले विद्यालय र कक्षा कोठामा मात्र हैन सडकमा उभिएर पनि आफ्ना मागहरु कसरी राखिन्छ, सरकारको ध्यानाकर्षण कसरी गरिन्छ भनेर वर्तमान र आउने पुस्तालाई पनि सिकाउनु भएको छ । तपाईंहरुले सरकारसँग सहमति गर्नुभएको छ । आज कार्यक्रमका प्रमुख अतिथि माननीय शेरबहादुर देउवाले पटक पटक विदेशमा भएको समयमा पनि शिक्षकहरुको आन्दलोलन के भइरहेको छ भनेर सोध्नुहुन्थ्यो । नेपाली काँग्रेस सिंगो पार्टीले शिक्षक आन्दोलनप्रति चिन्ता र चासो व्यक्त गर्नुभएको थियो । र, समग्रमा काँग्रेस एक ढिक्का भएर, एउटै दृष्टिकोण बनाएर विद्यालय शिक्षा विधेयकमा शिक्षकहरुले उठाएको माग सम्बोधन हुनुपर्छ भनेर एकमत थियौं । तपार्इंहरुसँग गरेको सहमति र सम्झौता बमोजिम हामी शिक्षा विधेयक पारित गर्न प्रतिबद्ध छौं । तर, तिथि मिति तोकिएअनुसार असार १५ गते नै विधेयक पारित हुने अवस्था बनोस् । केही समयदेखि अवरोध भएको छ संसद । यो संसदको अवरोधका पछाडि प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलभन्दा पनि केही मानिसहरु नियोजित ढंगले राजनाीतिक पूर्वाग्रह राखेर सामान्य विषयलाई बोकेर हिँडिरहेका छन् । एउटा समान्य विषय त्यसमा अख्तियारले एउटा कर्मचारी माथि छानविन गरिरहेको छ । सोही विषयलाई उचालेर व्यक्तिगत चरित्र हत्या गर्दै विगत २ सातादेखि सदन अबरोध गरिरहेका छन् । त्यसैले शिक्षक र सरकारबीच भएको सहमतिकै आधार र मितिमा विधेयक अगाडि बढाउने र पारित गर्ने प्रतिवद्धता दोहोर्याउन चाहन्छु ।’

उनले अख्तियारले एउटा कर्मचारीमाथि गरिरहेको छानविनलाई लिएर सदन अवरुद्ध हुनु दुःखको कुरा भएको बताए ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?