Trending
>>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर >>   सरकारको असक्षमता र कर्तव्यहीनताले शिक्षा क्षेत्र ध्वस्त भयोः सांसद भण्डारी >>   अख्तियारसम्बन्धी विधेयक थन्क्याएर राखेको भन्दै काँग्रेस सांसद थानीको आपत्ति >>   थाइल्याण्ड–कम्बोडिया सीमा झडपमा ९ थाई नागरिकको मृत्यु >>   यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो, देश विकास हुँदैनः नेता गजुरेल >>   सरकारले भुक्तानी नदिँदा रोकियो १५ वर्ष मुनिका बालबालिकाको निःशुल्क मुटुरोग उपचार, राप्रपाले गरायो ध्यानाकर्षण >>   भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

चीनद्वारा बोहाई समुन्द्रमा सबैभन्दा ठूलो तेल र ग्यास प्लेटफर्मको स्थापना


एजेन्सी। केनली १०–२ तेल क्षेत्रको पहिलो चरणको विकासका लागि केन्द्रिय प्रशोधन प्लेटफर्मले फ्लोट–ओभर स्थापना सफलतापूर्वक सम्पन्न गरेको छ । जसले बोहाई क्षेत्रमा अपतटीय तेल र ग्यास प्लेटफर्म स्थापनाको आकार र तौल दुवैमा कीर्तिमान तोडेको छ ।

तियानजिनस्थित अपतटीय तेल इन्जिनियरिङ कम्पनी लिमिटेडले आईतवार घोषणा गरेको छ । केन्द्रिय प्रशोधन प्लेटफर्म एक तीन–तले, आठ–खुट्टे बहुकार्यात्मक अपतटीय संरचना हो । जसमा उत्पादन र आवास सुविधाहरू एकीकृत छन् ।

२२.८ मिटर उचाई र २० हजार टनभन्दा बढी डिजाइन तौल भएको यो बोहाई समुन्द्रको सबैभन्दा भारी र ठूलो अपतटीय तेल र ग्यास प्लेटफर्म हो । फ्लोट–ओभर सञ्चालनको क्रममा, परियोजना टोलीले मुख्य सञ्चालन जहाजमा कृत्रिम बुद्धिमत्ता एल्गोरिदमसहित तीन सेट बेइदोउ स्थिति प्रणाली प्रयोग गरेको थियो । जसले मिलिमिटर स्तरको टक्कर रोधी रडार क्षमता प्रदान गरेको छ ।

केनली १०–२ तेल क्षेत्र बोहाई समुन्द्रको दक्षिणी जलक्षेत्रमा अवस्थित छ । जुन तियानजिनबाट करिव २ सय ४५ किलोमिटर टाढा छ र औसत पानीको गहिराइ करिव २० मिटर छ । यो चीनको अपतटीय क्षेत्रमा हालसम्म पत्ता लागेको सबैभन्दा ठूलो लिथोलोजिक तेल क्षेत्र हो । जसको प्रमाणित भौगोलिक भण्डार १०० मिलियन टनभन्दा बढी छ ।

हालसम्म चीनले ठूला अपतटीय प्लेटफर्महरूका लागि कुल ५० वटा फ्लोट–ओभर स्थापनाहरू सम्पन्न गरेको छ, जसको अधिकतम फ्लोट–ओभर क्षमता ३२ हजार टन र कुल फ्लोट–ओभर तौल ६ लाख टनभन्दा बढी छ । फ्लोट–ओभर प्रविधिहरूको विविधता सञ्चालनको जटिलता, र प्राविधिक परिष्कारताले चीनलाई यस क्षेत्रमा विश्वका अग्रणी देशहरूको सूचीमा राखेको छ ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?