Trending
>>   मौसम :यी प्रदेशमा आज हावाहुरीसहित भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन १० गते शनिबार >>   प्राकृतिक प्रकोपले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल र सुखी नेपालीको भिजन सफल हुन सकेको छैनः मन्त्री… >>   एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२ औं संस्करण पोखरामा >>   सुख्खाग्रस्त मधेसमा सरकारको तत्कालीन योजनाः ५ सय डिप बोरिङ जडान गरिने >>   गत आर्थिक वर्षमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगतिः मन्त्री दाहाल >>   काँग्रेस—एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मैः प्रधानमन्त्री ओली >>   नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा >>   विमलेन्द्र निधीको आरोपः कम्युनिष्टहरु संघीयतामा विश्वास गर्दैनन् >>   एमालेलाई भण्डारीले भनिन्ः मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि मिल्दैन
Logo
१० श्रावण २०८२, शनिबार
१० श्रावण २०८२, शनिबार

कोरोना संक्रमण बढ्दो छ, शतर्क रहौँ स्वास्थ्य मन्त्रालय


काठमाडौँ। छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण दर तिब्र रुपमा बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रमण फैलन नदिन पूर्वतयारीका सबै काम सम्पन्न गरेको बताएको छ । छिमेकी मुलुक भारतमा देखिएको संक्रमण १५ दिनभित्र नेपालमा भित्रिएको विगतको अनुभवको आधारमा पूर्वतयारीको काम भइरहेको मन्त्रालयको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा पछिल्लो समय तिब्र रुपमा फैलिएको संक्रमण र केही मृत्युका घटनालाई मध्यनजर गरेर विगत दुई सातादेखि पूर्वतयारी भइरहेको बताए ।  बुढाथोकीले छिमेकमा संक्रमण बढेसँगै नेपालमा पनि ढिलो वा छिटो आउँछ भन्ने विगतका अनुभवले देखाएकोले पूर्वतयारीमा लागिरहेको बताएका हुन् । पूर्वतयारीका क्रममा भारतसँग जोडिएका १७ वटा स्थल नाका र तीन वटा हवाई नाका तथा त्यहाँ रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखिएको बताए । नाकामा भित्रने सबैलाई कोरोनाको आरडिटि टेस्ट गर्दा नेगेटिभ वा पोजेटिभ जे देखिने भएपनि एक सातासम्म सेल्फ आइसोलेशनमा बस्न आग्रह गरिरहेको बताए । प्रवक्ता बुढाथोकीले कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका मानिसहरु देशभित्र वा देश बाहिर जो भएपनि एक सातासम्म सेल्फ आइसोलेसनमा बस्न र कुनै कारणवश श्वासप्रश्वासमा समस्या भए वा थप जटिलताहरु देखिए नजिकका स्वास्थ्य संस्थामा तुरुन्त जान आग्रह गरिरहेको बताए ।


प्रकाशित मिति: २५ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?