Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

सरकारका प्रवक्ता भन्छन्ः आज, भोलिमै संसद खुल्छ


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अवरुद्ध संसद छिटै खुल्ने विश्वास व्यक्त गरेका छन् ।

बुधवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले यस्तो बताएका हुन् । उनले अहिले संसद अवरुद्ध रहेको र आज वा भोलिमै संसद सुचारु हुने विश्वास व्यक्त गरे । उनले प्रतिपक्षहरुले छानविन समिति र गृहमन्त्री रमेश लेखकको राजीनामाको माग उठाइरहेको बताए । जसमा सरकारले गृहमन्त्रीले उठेका प्रश्नको जवाफ दिए मात्रै पुग्ने स्थिति रहेको बताए । आरोपका आधारमा राजीनामा माग गर्नु उचित नरहेको बताए ।

मन्त्री गुरुङले भने, ‘संसद अवरुद्ध छ । दुई वटा माग प्रतिपक्षले उठाइरहेको छ । एउटा गृहमन्त्रीको राजीनामाको माग छ । अर्को छानविन समिति गठन होस् भन्ने छ । हाम्रो कुरा गृहमन्त्रीले उठेका प्रश्नको जवाफ दिएपछि पुग्छ । गृहमन्त्रीको विरुद्धमा ठोस प्रमाणसहितको कुनै केही छैन । गृहमन्त्रीको बारेमा छानविन नै नभएको हुनाले आरोपका आधारमा राजीनामा माग गर्नु उचित होइन । गृहमन्त्रीले संसदमा प्रतिपक्षले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ । त्यसपछि संसद खोल्नुपर्छ । तीन नेताहरुबीच पनि छलफल भएको छ । सम्भवतः आज भोलिमा समस्याको समाधान हुन्छ भन्ने विश्वास छ ।’

मन्त्री गुरुङले यस बारेमा शिर्ष दलका तीन नेताहरुबीच छलफल भइसकेको पनि बताए ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?