Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

सरकारका प्रवक्ता भन्छन्ः आज, भोलिमै संसद खुल्छ


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अवरुद्ध संसद छिटै खुल्ने विश्वास व्यक्त गरेका छन् ।

बुधवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले यस्तो बताएका हुन् । उनले अहिले संसद अवरुद्ध रहेको र आज वा भोलिमै संसद सुचारु हुने विश्वास व्यक्त गरे । उनले प्रतिपक्षहरुले छानविन समिति र गृहमन्त्री रमेश लेखकको राजीनामाको माग उठाइरहेको बताए । जसमा सरकारले गृहमन्त्रीले उठेका प्रश्नको जवाफ दिए मात्रै पुग्ने स्थिति रहेको बताए । आरोपका आधारमा राजीनामा माग गर्नु उचित नरहेको बताए ।

मन्त्री गुरुङले भने, ‘संसद अवरुद्ध छ । दुई वटा माग प्रतिपक्षले उठाइरहेको छ । एउटा गृहमन्त्रीको राजीनामाको माग छ । अर्को छानविन समिति गठन होस् भन्ने छ । हाम्रो कुरा गृहमन्त्रीले उठेका प्रश्नको जवाफ दिएपछि पुग्छ । गृहमन्त्रीको विरुद्धमा ठोस प्रमाणसहितको कुनै केही छैन । गृहमन्त्रीको बारेमा छानविन नै नभएको हुनाले आरोपका आधारमा राजीनामा माग गर्नु उचित होइन । गृहमन्त्रीले संसदमा प्रतिपक्षले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ । त्यसपछि संसद खोल्नुपर्छ । तीन नेताहरुबीच पनि छलफल भएको छ । सम्भवतः आज भोलिमा समस्याको समाधान हुन्छ भन्ने विश्वास छ ।’

मन्त्री गुरुङले यस बारेमा शिर्ष दलका तीन नेताहरुबीच छलफल भइसकेको पनि बताए ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?