Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

सबैलाई नागरिकता दिने भएपछि कागजपत्र र दण्ड जरिबानामा कडाइ गर्नुपर्छः मन्त्री राई


काठमाडौँ। रक्षामन्त्री मानवीर राईले नागरिकता सबैलाई दिने भइसकेपछि कागजपत्र र दण्ड जरिबानामा कडाइ गर्नुपर्ने बताएका छन्।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै रक्षामन्त्री राईले यस्तो बताएका हुन् । उनले भविष्यमा नागरिक सबैलाई दिनेगरी अघि बढ्दा नेपालमा विभिन्न किसिमका गतिविधि हुनसक्ने भएकाले कागजपत्रमा कडा निगरानी गर्न जरुरी रहेको बताए । जन्मदर्ता गर्ने कर्मचारीले फर्जी वितरण गरेको खण्डमा उसको बढुवादेखि जागिरमै समेत बन्देज गर्ने जस्ता प्रावधान राख्न सुझाव दिए । रक्षामन्त्री राईले अनलाइन प्रणालीमा जाँदै गर्दा झनै कडाईका साथ निगरानी गर्नुपर्ने बताए । अनलाइन रेकर्डमा बस्नेले कागज सुरक्षित गरेर राखेन भने त्यसलाई पनि दण्ड हुनुपर्ने बताए । नेपाली नागरिकता त्याग गरेर विदेशी नागरिकता लिने र नेपाल फर्किएर आइसकेपछि पुनः वंशजकै नागरिकता दिने कुरामा पनि सोच्न जरुरी रहेको बताएका छन् ।

मन्त्री राईले भने , ‘हाम्रो देशमा नागरिकता सम्बन्धमा विभिन्न गतिविधिहरु हुनसक्छन् । अब हामीले नागरिकता सबैलाई दिने भनिसकेपछि अब डकुमेण्टमा टाइट गर्ने र जरिबाना र दण्ड कडा गर्नुपर्छ । जन्मदर्ता गर्ने कर्मचारीले, सचिवले जन्मदर्ता उसले फर्जी गर्यो भने उसको प्रमोसनदेखि जागिरमा के असर पर्ने हो त्यो गर्नैपर्छ । वडा अध्यक्षले फर्जी मान्छेको नागरिकता सिफारिस गर्यो भने उसले राजनीति गर्न नपाउनेदेखि के—के निषेध गर्ने हो । यो कर्मचारी र जनप्रतिनिधिलाई पनि गर्नुपर्छ । त्यो जन्मदर्ता गर्दाखेरि सचिवलाई आशंका भयो भने वडा सदस्यहरु त जम्मै वडामा हुन्छन् । वडा सदस्यहरुलाई बोलाएर रोहबरमा राखेर दिनुपर्छ । अब सिफारिस गर्ने र सनाखत गर्ने कुरामा कडाइ गर्नुपर्छ ।’

रक्षामन्त्री राईले आमा र बुबा दुवै जना नेपाली नै भएका नागरिकका सन्तानले मात्रै वंशजको नागरिकता पाउनुपर्ने बताए । बुबा नेपाली र आमा विदेशी भए फरक खालको नागरिकता दिनु उचित हुने बताए ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?