Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

रास्वपाले संसदीय समितिबाटै माग्यो गृहमन्त्री लेखकको राजीनामा


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छन् ।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् । उनले गृहमन्त्री लेखकको भिजिट भिसामा संलग्नता रहेको देखिएको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दै देशमा मानव तस्करी जस्तो गम्भीर विषयमा गृहमन्त्रीमाथि आरोप लागिरहेको १५ दिन भएपनि राजीनामा दिन र अनुसन्धानमा सघाउन माग गरिन् । छानविनबाट निर्दोष भए त्यसपछि आएर पुनः मन्त्री हुन कसैले नछेक्ने उनको भनाइ छ ।

सांसद कार्कीले भनिन् , ‘हाम्रो माननीय गृहमन्त्रीज्यु रमेश लेखकलाई हामीले सुसंस्कृत, संस्कार भएको राजनीतिक कर्मीको रुपमा चिन्छौँ । तर अहिले जुन किसिमको एउटा मानव तस्करीको, संगठित अपराधको, सम्पती शुद्धिकरणको विषय व्यापक रुपमा भिजिट भिसाको कुरा उठेको छ । कति वटा उर्दु सायरीहरु पनि भन्नुभएको याद छ । हामीले गृहमन्त्रीको कुनै दोष छ भनेका छैनौँ, तर एउटा नैतिकताको कुरा आफैँबाट हुनुपर्छ । सुसंस्कृति राजनीतिक अभ्यास गरेको मान्छेबाट त्यो हामीले अपेक्षा गर्दछौँ । गृहमन्त्रीज्युले पहिल्यै दिन राजीनामा दिएको भए उचाई अझ ठूलो हुन्थ्यो । अझै पनि अपेक्षा छ, देशमा यति ठूलो मानव तस्कारको काण्ड उठिसकेपछि, सदनमा प्रतिपक्ष सबै उठेर विरोध गरिरहेका छन् भने माननीय गृहमन्त्रीज्युले १५ दिन राजीनामा दिएपनि हुन्छ । त्यसपछि फेरि छानविन भएर फर्किएर आउन सकि हालिन्छ ।’

सांसद कार्कीले सरकारले आफ्नो काममा सुधार ल्याउनुपर्नेमा जोड दिएकी छिन् ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?