Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

रास्वपाले संसदीय समितिबाटै माग्यो गृहमन्त्री लेखकको राजीनामा


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छन् ।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् । उनले गृहमन्त्री लेखकको भिजिट भिसामा संलग्नता रहेको देखिएको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दै देशमा मानव तस्करी जस्तो गम्भीर विषयमा गृहमन्त्रीमाथि आरोप लागिरहेको १५ दिन भएपनि राजीनामा दिन र अनुसन्धानमा सघाउन माग गरिन् । छानविनबाट निर्दोष भए त्यसपछि आएर पुनः मन्त्री हुन कसैले नछेक्ने उनको भनाइ छ ।

सांसद कार्कीले भनिन् , ‘हाम्रो माननीय गृहमन्त्रीज्यु रमेश लेखकलाई हामीले सुसंस्कृत, संस्कार भएको राजनीतिक कर्मीको रुपमा चिन्छौँ । तर अहिले जुन किसिमको एउटा मानव तस्करीको, संगठित अपराधको, सम्पती शुद्धिकरणको विषय व्यापक रुपमा भिजिट भिसाको कुरा उठेको छ । कति वटा उर्दु सायरीहरु पनि भन्नुभएको याद छ । हामीले गृहमन्त्रीको कुनै दोष छ भनेका छैनौँ, तर एउटा नैतिकताको कुरा आफैँबाट हुनुपर्छ । सुसंस्कृति राजनीतिक अभ्यास गरेको मान्छेबाट त्यो हामीले अपेक्षा गर्दछौँ । गृहमन्त्रीज्युले पहिल्यै दिन राजीनामा दिएको भए उचाई अझ ठूलो हुन्थ्यो । अझै पनि अपेक्षा छ, देशमा यति ठूलो मानव तस्कारको काण्ड उठिसकेपछि, सदनमा प्रतिपक्ष सबै उठेर विरोध गरिरहेका छन् भने माननीय गृहमन्त्रीज्युले १५ दिन राजीनामा दिएपनि हुन्छ । त्यसपछि फेरि छानविन भएर फर्किएर आउन सकि हालिन्छ ।’

सांसद कार्कीले सरकारले आफ्नो काममा सुधार ल्याउनुपर्नेमा जोड दिएकी छिन् ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?