Trending
>>   आजको राशिफल : २०८२ साल साउन ०९ गते शुक्रबार >>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो…
Logo
९ श्रावण २०८२, शुक्रबार
९ श्रावण २०८२, शुक्रबार

सरकार र यातायात व्यवसायीहरुबीचको छलफल निष्कर्ष बिहीन


काठमाडौँ। सरकार र यातायात व्यवसायीहरुबीचको वार्ता सकारात्मक भएको छ ।

सोमवार साँझ मन्त्रालयमा बसेको सरकार र यातायात व्यवसायीहरुबीचको छलफल निष्कर्षोन्मुख रहेको हो । आफूहरुका सात बुँदामध्ये एक नम्बरको बुँदा गण्डकी प्रदेश सरकारबाट अवैधानिक रुपले ऐन विपरित राइड शेयरिङ नीति ल्याइएको भन्दै खारेजी गर्नुपर्नेमा एक नम्बरको माग मात्रै सम्बोधन हनु नसकेको बताएको छ । गण्डकी प्रदेशको नियमावली खारेज नभएसम्म आन्दोलन जारी रहने बताएको छ । गण्डकी प्रदेशको नियमावली खारेज भएवपछि मात्रै आन्दोलन फिर्ता हुने यातायात व्यवसायीहरुको भनाइ छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सार्वजनिक यातायात केन्द्रिय महासंघका अध्यक्ष डोलनाथ खनालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्ण पन्थीको संयोजकत्वमा बनेको वार्ता कमिटीले सार्वजनिक यातायातका समस्या समाधान गर्न वार्ता गरेको बताए । उनले आफूहरुले ७ बुँदे मागहरु लिएर आएको र मागहरुमाथि छलफल भएको र कार्यदलमा सहमति हुँदै गएको र पहिलो नम्बरको बुँदामा सहमति गर्न पुनः बैठक बस्ने बताएका छन् ।

गण्डकी प्रदेशको नियमावली खारेज भएको ठोस आधारपछि मात्रै यातायात सञ्चालन हुने बताएका छन् ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?