Trending
>>   आज मिति २०८२ साल जेठ ३० गते शुक्रबार ,हेर्नूहोस् आजको राशिफल >>   सङ्घीयता आवश्यक छ तर बोझिलो भयोः स्वास्थ्यमन्त्री पौडेल >>   शिक्षकसँगको सम्भता दायाँ,बायाँ नगरी शिक्षा विधेयक टुंग्याउँछौँः महामन्त्री शर्मा >>   शिक्षा क्षेत्रमा पठनपाठनको होइन, सिकाईको संकटः महामन्त्री थापा >>   आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो प्रहार गर्ने बहुमतका कार्यकर्ता पक्राउ >>   संसद अवरोध गर्नुको औचित्य छैन, केही राजनीतिक दलहरु षड्यन्त्र गर्न लागेका छन्ः गृहमन्त्री लेखक >>   जनताको परिवर्तनको चाहनालाई कसैले तुहाउन सक्दैन, आन्दोलन जारी छः कमल थापा >>   शिक्षक र सरकारबीचको सम्झौताअनुसार नै विधेयक पारित हुन्छः गृहमन्त्री लेखक >>   २ सय भन्दा बढी यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटना >>   शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्छः प्रधानमन्त्री ओली
Logo
३० जेष्ठ २०८२, शुक्रबार
३० जेष्ठ २०८२, शुक्रबार

बजेट कार्यान्वयन हुनसके ६ प्रतिशतको आर्थिक वृद्धिद्धर सम्भव छः अध्यक्ष ढकाल


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

सोमवार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ‘पोस्ट बजेट अहोलिस्टिक डिसकर्स’मा बोल्दै उनले बजेटको कार्यान्वयनमा जोड दिन आग्रह गरेका हुन् । उनले सुशासन बिना राम्रो नतिजा दिन नसकिने बताए । उनले सुशासन पालना गराउन नसके देशले खोजेको नतिजा आउन नसक्ने बताए । सरकारले अपेक्षा गरेको ६ प्रतिशतको आर्थिक वृद्धिदर बजेट राम्रोसँग कार्यान्वयन हुनसके सम्भव रहेको बताएका छन् ।

अध्यक्ष ढकालले भने, ‘बजेटमा आएको चिज इम्प्लिमेण्ट हुनुप¥यो । सबैभन्दा ठूलो कुरा सुशासन हो । सबै कुरा राम्रो गर्छौं तर यदी हामी सुशासन पालना गराउने, मेण्टन गराउने कुरा भएन भने हामीले खोजेको रिजल्ट, अपेक्षा गरेको आर्थिक वृद्धिदर छ, जुन ६ प्रतिशतको आर्थिक वृद्धिदरको एजेम्सन गरिएको छ । मलाई लाग्छ, कार्यान्वयन हुनसके यो सम्भव छ । ’

अध्यक्ष ढकालले बजेटले उल्लेख गरेको खानीजन्य वस्तुहरु आन्तरिक प्रयोग र निर्यात गर्नेकुराबाट पछाडि फर्किन नहुने बताए ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?