Trending
>>   सभामुख विचौलियाको पक्षमा उभिएः राप्रपा >>   संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश >>   रास्वपा नेतृत्व विहीन हुँदा उद्देश्य र गन्तव्यहिन भयोः सचिव भट्टराई >>   मुख्य आरोपित गृहमन्त्री हुनुहुन्न, राजीनामा दिन आवश्यक छैनः सांसद जबरा >>   काँग्रेस सांसद बजगाईंको आरोपः भौतिकमन्त्रीलाई भूगोलको ज्ञान छैन >>   सरकारले चैते धान नकिनिदिँदा भुसको भाउमा बेच्नुपरेको किसानको गुनासो >>   दुई तिहाइको शक्तिशाली सरकारले आम अपेक्षा विपरित बजेट ल्यायोः सांसद पाण्डे >>   प्राप्त अधिकारहरु गुम्नसक्ने खतरा छः उपप्रधानमन्त्री सिंह >>   सोमवारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने >>   बजेटको आकार सन्तुलित छः अर्थमन्त्री
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

विज्ञापन नीति जारी गरी विज्ञापन क्षेत्रका विकृति हटाउँछुः लक्ष्मण हुमागाईं


काठमाडौँ। विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले पदभार ग्रहण गरेका छन् ।

सोमवार अध्यक्ष हुमागाईंले बोर्डको बबरमहलस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् । जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले हुमागार्लाई विज्ञापन बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दे अध्यक्ष हुमागाईले पहिलो कार्यकालमा अघि बढाएका राष्ट्रिय विज्ञापन नीति जारी गर्ने तथा विज्ञापन ऐन संशोधनका सम्पन्न गर्ने बताए । उनले घट्दो विज्ञापन बजार चासो र चिन्ताको विषय भएको उल्लेख गर्दै विज्ञापन बजारको विकास र विस्तारको प्रयास गर्ने बताए । विज्ञापन क्षेत्रका सबै सरोकारवालाको सहयोग लिएर विज्ञापन बजारको विकास र विस्तारका लागि काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले कसैको एक्लो प्रयासले सम्भव नहुने सामुहिक प्रयास र प्रतिवद्धता चाहिने बताएका छन् । वाह्य विज्ञापन होर्डिङ्ग बोर्डमा रहेको ठेकेदारी प्रथाको अन्त्य गर्ने उनको भनाइ छ । उनले स्थानीय तह तथा प्रदेश सरकारले विज्ञापनको नमूना ऐन पारित नगरेकोमा चिन्ता व्यक्त गर्दे सबै स्थानीय तहलाई विज्ञापन कर आम्दानीको राम्रो स्रोत भएकोले ऐन पारित गर्न आग्रह समेत गरे ।

उनले भने, ‘हामीले शुरु गरेको र निर्णयमा पुग्न नसेकेको राष्ट्रिय विज्ञापन नीति हो । हामीले झण्डै दुई वर्ष नै उक्त नीति मन्त्रालयमा सिफारिस गरिसकेको हो । त्यसलाई हामीले निष्कर्षमा पु¥याउन नसक्दाखेरी अहिले हामीले विज्ञापन नियमन गर्ने ऐनमा संशोधन गर्न सकेनौँ । त्यो विज्ञापन नियमन ऐनमा संशोधन गरिसकेपछि मात्रै हामीले विज्ञापनका चारवटै क्षेत्रलाई हामी बोर्डको दायरामा ल्याउन सक्छौँ । त्यसकारण हामी जतिसक्यो छिटो राष्ट्रिय विज्ञापन नीति जारी गर्छौं । र विज्ञापन ऐनलाई संशोधन गर्छौं ।’

उनले सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमनको दायरामा गरिने बताए ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?