Trending
>>   सभामुख विचौलियाको पक्षमा उभिएः राप्रपा >>   संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश >>   रास्वपा नेतृत्व विहीन हुँदा उद्देश्य र गन्तव्यहिन भयोः सचिव भट्टराई >>   मुख्य आरोपित गृहमन्त्री हुनुहुन्न, राजीनामा दिन आवश्यक छैनः सांसद जबरा >>   काँग्रेस सांसद बजगाईंको आरोपः भौतिकमन्त्रीलाई भूगोलको ज्ञान छैन >>   सरकारले चैते धान नकिनिदिँदा भुसको भाउमा बेच्नुपरेको किसानको गुनासो >>   दुई तिहाइको शक्तिशाली सरकारले आम अपेक्षा विपरित बजेट ल्यायोः सांसद पाण्डे >>   प्राप्त अधिकारहरु गुम्नसक्ने खतरा छः उपप्रधानमन्त्री सिंह >>   सोमवारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने >>   बजेटको आकार सन्तुलित छः अर्थमन्त्री
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

मन्त्रीहरुलाई ओलीको निर्देशनः संसदीय काममा बढी ध्यान दिनूस्


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय काममा बढी ध्यान केन्द्रित गर्न पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

सोमवार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले कर्मचारीहरुले सहयोग गर्छन् भनेर संसदीय गतिविधिलाई नछल्न आग्रह गरे । उनले बजेटबारे सांसदहरुले राख्नुभएका धारणाहरु सुनेर सोहीअनुसारको जवाफ दिन आग्रह गरे । उनले संसदीय छलफलमा सहभागी भइ संसदीय छलफललाई महत्व दिएर अघि बढ्न आग्रह गरे ।

अध्यक्ष ओलीले भने, ‘अब मन्त्रीजीहरुलाई ब्युरोक्याट्सले सपोर्ट त गर्छ । जवाफ दिने कुरामा । तर मन्त्रीजीहरुले आफैँले ध्यान दिनु भएन भने मन्त्रीजीहरको उपस्थिति जस्तो देखिन्छ, त्यस उपस्थितिले मन्त्रीजीहरुलाई के भयो र ? जवाफ कर्मचारीहरुले तयार गरिदिन्छन्, आएर पढिदिन्छु भनेको जस्तो लागे जस्तो हुँदैन । छलफलमा सहभागी हुने, संसदीय कामलाई पनि महत्व दिने काम गर्नुपर्छ । मन्त्रीहरुले जहिले पनि म देख्छु संसदीय बैठकलाई पनि महत्व नदिने, अनि संसदीय दलको बैठकलाई महत्व दिनुहुन्न, दललाई महत्व दिनुहुन्न, संसदमा भएका बहस, छलफललाई महत्व दिनुहुन्न भने अनि के गर्नुहुन्छ ? त्यसकारण संसदीय दलको बैठक र यहाँ हुने छलफलहरुलाई माननीयजीहरुलाई, मन्त्रीजीहरुलाई म आग्रह गर्न चाहन्छु, महत्व दिनुस् ।’

अध्यक्ष ओलीले सांसदहरुको उपस्थिति संसदीय दलको बैठकमा कम रहेको भन्दै आपत्ति जनाए । सरकारले अर्थतन्त्र ओरालो लाग्नबाट रोकेर सकारात्मक दिशातर्फ अघि बढाइरहेको दाबी गरे ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?