Trending
>>   सभामुख विचौलियाको पक्षमा उभिएः राप्रपा >>   संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश >>   रास्वपा नेतृत्व विहीन हुँदा उद्देश्य र गन्तव्यहिन भयोः सचिव भट्टराई >>   मुख्य आरोपित गृहमन्त्री हुनुहुन्न, राजीनामा दिन आवश्यक छैनः सांसद जबरा >>   काँग्रेस सांसद बजगाईंको आरोपः भौतिकमन्त्रीलाई भूगोलको ज्ञान छैन >>   सरकारले चैते धान नकिनिदिँदा भुसको भाउमा बेच्नुपरेको किसानको गुनासो >>   दुई तिहाइको शक्तिशाली सरकारले आम अपेक्षा विपरित बजेट ल्यायोः सांसद पाण्डे >>   प्राप्त अधिकारहरु गुम्नसक्ने खतरा छः उपप्रधानमन्त्री सिंह >>   सोमवारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने >>   बजेटको आकार सन्तुलित छः अर्थमन्त्री
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

प्रधानमन्त्री ओलीको दाबीः देश विकास र सुशासनबाहेक सरकारको ध्यान अन्यत्र छैन


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश विकास र सुशासनबाहेक सरकारको ध्यान अन्यत्र नभएको बताएका हुन् ।

संसदीय दलको बैठकमा सोमवार बानेश्वरमा सांसदहरुलाई प्रशिक्षित गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले नचाहिने कुरामा सरकारको ध्यान नभएको दाबी गरे । उनले सरकार देशमा सुशासन र विकासको काममा लागेको भन्दै यसको विरोध नगर्न आग्रह गरे । रचनात्मक ढंगले आलोचना गर्न विपक्षी दलहरुसँग आग्रह गरे । कसैले राजीनामा माग्यो तर राजीनामा आएन भनेर स्ंसद बन्द नहुने बताए । यो कदम प्रतिगामी कदम भएको र यसले प्रतिगमन्लाई सहयोग पुग्ने जिकिर गरे ।

अध्यक्ष ओलीले भने, ‘म आग्रह गर्न चाहन्छु, सरकारको देशमा विकास र सुशासनबाहेक केहीमा ध्यान नै छैन । नचाहिने कुरामा सरकारको ध्यान छैन । यस काममा लागेको छ सरकार । हामी सबै देशमा सुशासन र विकासको काममा लागौँ । रचनात्मक ढंगले आलोचना गर्नुस् ठिक छ, तर अर्घेला कुरा गरेर राजीनामा कसैको माग्यो, राजीनामा गरेन भने संसद बन्द ? त्यो हुँदैन । यो प्रतिगमनलाई सहयोग हो, प्रतिगामी कदम हो । असंवैधानिक क्रियाकलाप हो । संविधान विपरितको, व्यवस्था विपरितको, लोकतन्त्रको मर्यादा विपरितको कदम हो यो ।’

अध्यक्ष ओलीले लाकेतन्त्रको मर्यादा विपरितको कदम चाल्न नहुने बताए ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?