Trending
>>   सभामुख विचौलियाको पक्षमा उभिएः राप्रपा >>   संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश >>   रास्वपा नेतृत्व विहीन हुँदा उद्देश्य र गन्तव्यहिन भयोः सचिव भट्टराई >>   मुख्य आरोपित गृहमन्त्री हुनुहुन्न, राजीनामा दिन आवश्यक छैनः सांसद जबरा >>   काँग्रेस सांसद बजगाईंको आरोपः भौतिकमन्त्रीलाई भूगोलको ज्ञान छैन >>   सरकारले चैते धान नकिनिदिँदा भुसको भाउमा बेच्नुपरेको किसानको गुनासो >>   दुई तिहाइको शक्तिशाली सरकारले आम अपेक्षा विपरित बजेट ल्यायोः सांसद पाण्डे >>   प्राप्त अधिकारहरु गुम्नसक्ने खतरा छः उपप्रधानमन्त्री सिंह >>   सोमवारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने >>   बजेटको आकार सन्तुलित छः अर्थमन्त्री
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

राजा वीरेन्द्रको २४ औँ स्मृति सभा सम्पन्न


काठमाडौँ। स्वर्गीय राजा वीरेन्द्रको २४ औँ स्मृति सभा सम्पन्न भएको छ ।

राजा वीरेन्द्रको २४ औँ स्मृतिमा स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले सोमवार जावलाखेलस्थित शालिकमा माल्र्यापणसहित विभिन्न कार्यक्रम गरी सभा सम्पन्न गरेको हो । सभामा बोल्दै प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि राजा वीरेन्द्रले गरेको प्रयासलाई पूरा गर्न सबैको सहयोग र प्रतिवद्धता आवश्यक रहेको बताए । उनले राजनीतिक अस्थिरता र धु्रवीकरण बढिरहेको तथा शान्ति र अमनचैन खल्बलिएको उल्लेख गर्दै यस अवस्थामा राजा वीरेन्द्रको शान्ति अभियानको आवश्यकता र सान्दर्भिकता समेत बढ्दै गएको बताए । उनले समुदायमा द्वन्द्व र युद्ध बढिरहेको अवस्थामा विश्व शान्तिका अभियन्ता राजा वीरेन्द्रको शान्ति अभियानलाई सबैले अनुशरण गर्नसके शान्ति स्थापना सम्भव हुने अध्यक्ष खनालको भनाइ छ । राजा वीरेन्द्रको शान्ति अभियानलाई सार्थकता दिने, विकासका अवधारणालाई अवलम्वन गर्ने, विकासलाई विकेन्द्रिकरण गर्दै प्रदेश खारेज गर्नु नै प्रतिष्ठानको मुख्य उद्देश्य रहेको समेत बताए ।

उनले भने, ‘नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि राजा वीरेन्द्रले गर्नुभएका प्रयासलाई पूरा गर्न सबैको सहयोग र प्रण आवश्यक भएकाले प्रतिष्ठान सबैलाई एकवद्ध हुन आग्रह गर्दछ । आज एकातिर राजनीति अस्थिरता र ध्रुवीकरण बढिरहेको छ र अर्कोतर्फ शान्ति र अमनचैन खल्बलिएको अवस्था छ । यस्तो अवस्थामा राजा वीरेन्द्रको शान्ति अभियानको आवश्यकता र सान्दर्भिकता झन् बढ्दै गएको छ । वीरेन्द्र शान्ति सँगसँगै विकासप्रेमी राजाको पनि पहिचान बनाएका राजा हुन् । आजको विश्वका विभिन्न देशहरूबिच द्वन्द्व र युद्ध बढिरहेको अवस्थामा विश्व शान्तिका अभियन्ता राजा वीरेन्द्रको शान्ति अभियानलाई सबैले अनुशरण मात्र गर्न सकियो भने पक्कै पनि शान्ति स्थापना सम्भव छ ।’

उनले दरबार हत्याकाण्ड भएको २४ वर्ष पूरा हुँदा पनि अझै गुपचुप र रहस्यमयी नै हुनु विडम्वना भएको बताए । उनले हत्यारा पत्ता लगाई सत्यतथ्य यथार्थ नेपाली जनतासमक्ष ल्याउन समेत सरकारसँग माग गरे ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?