Trending
>>   प्रधानमन्त्री र मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रको मात्रै भएः उपेन्द्र यादव >>   सदन अवरुद्ध गर्नु भनेको निजामति, शिक्षा, नागरिकता ऐन पास हुन नदिनु होः अध्यक्ष दाहाल >>   नेपालमा उद्योग खोल्न नदिन छिमेकीले अनेक प्रपञ्च गरिरहेको छः महासचिव भुसाल >>   निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी छः सभामुख घिमिरे >>   न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरुको आपत्ति, न्याय परिषद्लाई संसदीय समितिमा बोलाउन माग >>   सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाई शुरु >>   विद्यालय शिक्षा संविधानतः स्थानीय सरकारको क्षेत्राधिकारभित्र जान्छः मन्त्री पन्त >>   बाध्य भएर सरकार र आन्दोलनकारी शिक्षकसँगको सम्झौतामा हस्ताक्षर गरेँः शिक्षा समिति सभापति थापा >>   समय सीमाभित्र शिक्षा विधेयक सदनमा पेश गर्न समस्या आउनसक्छः एमाले सांसद राई >>   जिम्मेवार पक्षसँगको छलफलपछि प्रतिवेदनलाई अन्तिम रुप दिएका हौँः संयोजक विश्वकर्मा
Logo
३१ जेष्ठ २०८२, शनिबार
३१ जेष्ठ २०८२, शनिबार

इजरायली आक्रमणबाट ३१ जनाको मृत्यु


काठमाडौँ। प्यालेस्टिनी स्रोतहरूकाअनुसार दक्षिण गाजामा मानवीय सहायता केन्द्र नजिकै इजरायली आक्रमणबाट आईतवार कम्तिमा ३१ जना प्यालेस्टिनीको मृत्यु भएको छ । गाजामा आधारित स्वास्थ्य प्राधिकरणले दक्षिण गाजाको रफाहमा मानवीय सहायता वितरण बिन्दु नजिकै बिहान इजरायली सेनाले आक्रमण गर्दा कम्तिमा ३१ जनाको मृत्यु भएको र दर्जनौं गम्भीर घाइते भएको बताएको छ ।

गाजामा रहेको स्वास्थ्य प्राधिकरणले एक विज्ञप्तिमा भनेको छ कि धेरैजसो चोटपटक शरीरको माथिल्लो भागमा लागेको छ । घाउको गम्भीरताका कारण मृत्यु हुनेको संख्या बढ्न सक्छ । गाजामा रहेको चिकित्सा राहत संगठनका निर्देशक मोहम्मद अबु अफाशले इजरायली सैन्य गतिविधिका कारण एम्बुलेन्सहरू घटनास्थलमा पुग्न कठिनाइ भइरहेको बताए ।

यस घटनालाई इजरायलले सहायता वितरण स्थलहरूलाई बारम्बार लक्षित गर्ने ढाँचाको अंश भन्दै हमासद्वारा सञ्चालित गाजा सरकारी मिडिया कार्यालयले एक प्रेस विज्ञप्तिमा उक्त क्षेत्र अमेरिकी इजरायली कम्पनीसँगको समन्वयमा र इजरायली सेनाको निगरानीमा सञ्चालन भइरहेको बताएको छ । हमाससँग दुई महिनाको युद्धविराम पछि इजरायलले मार्च १८ मा गाजामा आफ्नो आक्रमण पुनः शुरु गरेको थियो । त्यसबेलादेखि ४ हजार १ सय ४९ प्यालेस्टिनीहरू मारिएका छन् । १२ हजार १ सय ४९ घाइते भएका छन् ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?